रवि लामिछाने पुगे प्रदेश नम्बर दुईमा, हेर्नुहोस् सार्वजनिक भएका ७ तस्बिर

रवि लामिछाने पुगे प्रदेश नम्बर दुईमा, हेर्नुहोस् सार्वजनिक भएका ७ तस्बिर

चर्चित पत्रकार रबि लामिछाने यतिबेला प्रदेश नं २ मा पुगेर आफ्नो कार्यक्रम तयारी गरिरहेका छन् । कोरोना महा’मारीका बिचमा दर्शकहरु टिभी सम्म पुग्ने अवस्था नभएको हुनाले सीधाकुरा कार्यक्रमको टीम नै यतिबेला प्रदेश प्रदेशमा पुगेर कार्यक्रम तयार गरिरहेको छ । गत आईतबार देखि सीधाकुरा कार्यक्रम प्रदेश नम्बर १ को झापाबाट सञ्चालन गरिएको थियो भने आज आईतबार हुने कार्यक्रम प्रदेश २ वाट सञ्चालन गरिने तयारी भइरहेको छ ।

कोरोना सँगसँगै यतिबेला बाढी र पहिरोको जोखिम उत्तिकै भएपनि सिधा कुराको टीम नै उक्त जो’खिम को बेवास्ता गर्दै फिल्ड मा खटिएको छ । अलिकति भएपनि जनताहरूको पी’डामा मलहम लगाउने कोसिस गरेको सीधाकुरा को टीम बताउँछ ।

प्रदेश प्रदेशमा पुगेर सिधा कुरा जनतासँग कार्यक्रम सञ्चालन हुने भएपछि सम्पूर्ण दर्शकहरुले उक्त कामको खुलेर प्रशंसा गरिरहेका छन् ।

सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रबि लामिछाने लगायत उनको टिमका अन्य सदस्यहरूको तस्वीरहरु सामाजिक सञ्जालमा अपलोड गर्दै उक्त कार्यको खोलेर प्रसंसा भएको हो ।

सिधा कुरा जनतासँग कार्यक्रम केहि हप्ताको लागि स्टुडियो बाहिरबाट नै प्रसारण हुने बताइएको छ । यसैक्रममा उक्त कार्यक्रमका प्रोड्युसर दीपक बोहोराले केही तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

के तपाईँ सुर्तीजन्य पदार्थको लत छुटाउन चाहानुहुन्छ ? अब वीर अस्पताल जाऔं

Previous articleअब केहि समय पछी विदेश बाट आउँदा काठमाडौँ होइन, लुम्बिनी ओर्लन पाईन्छ, यस्तो बन्यो गौतमबुद्ध विमानस्थल (फोटो फिचर)
Next articleचितवन निकुन्जले सुकुम्बासीको घर हात्ती लगाएर भत्काएर आगो लगायो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।