खोलामा घोंगी टिप्न जाने माथि सेनाको बु’ट ब’ज्रियो, कु’टाई खाएका एकजनाको ज्या’न गयो (भिडियो)

खोलामा घों’गी टिप्न जाने माथि सेनाको बु’ट ब’ज्रियो, कु’टाई खाएका एकजनाको ज्या’न ग’यो, भिडियो तल अन्तिममा हेर्नुहोला 

चितवन राष्ट्रिय निकुञ्जको सु’रक्षाका लागि बसेका सैनिकले निय’न्त्रणमा लिई पि’टेका एक युवकको बुधबार मृ’त्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–२ मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङको मृ’त्यु भएको हो । सेनाको कु’टपि’टबाट मृ’त्यु भएको भन्दै उनका बुबा विष्णुलाल चेपाङले घट’नाको छान’बिन गर्न र दो’षीलाई स’जाय दिन माग गरेका छन् । राजकुमारसहित ७ जनालाई साउन १ गते निकुञ्ज सु’रक्षामा खटि’एका सैनिकले नि’यन्त्रणमा लिएका थिए ।

सातै जना सोही दिन छुटे पनि त्यही दिनदेखि बिरा’मी भएका राजकुमारको बुधबार मृ’त्यु भएको हो । ‘छुटेर आएदेखि नै स’न्चो भएन भन्न थाल्यो, मैले गाउँकै मेडि’कलहरूमा उपचार गराइरहेको थिएँ,’ विष्णुलालले भने, ‘हिजो (बुधबार) त अ’ति नै आ’त्तियो, त्यसपछि भरतपुर अस्पताल ल्याएको थिएँ ।’ अस्पतालमै छोराको मृ’त्यु भएपछि विष्णुलाल अहिले वि’क्षि’प्तजस्तै भएका छन् ।

मृ’तक राजकुमार चेपांग

राजकुमारसँगै गि’र’फ्तार भएका उनका एक साथी सन्तलाल प्रजाले आफूहरूलाई नि’यन्त्रणमा लिएपछि सेनाले कु’ट’पि’ट गरेको बताए । सेनाले नि’यन्त्रणमा लिएकामा दुई जना महिला पनि थिए । उनका अनुसार महिलालाई केही नगरे पनि पुरुषहरूलाई कु’ट्ने, मु’ढा ओसा’र्न लगाउने र स’य–स’य पटक पु’सअ’प गराउने स’जाय सेनाले दिएको थियो । ती युवा गाउँ नजिकैको राप्ती नदी तरेर चितवन राष्ट्रिय निकुञ्जमा पुगेका थिए ।

मृ’तक राजकुमार कि आमा, श्रीमती र छोरी

निकुञ्जभित्रको ज्युँडी खोलामा घों’गी बटु’ल्दै गर्दा सैनिकले उनीहरूलाई स’मातेको थियो । सेनाले उनीहरूलाई नि’यन्त्रणमा लिएको स्वीकारे पनि कु’टपि’ट नगरेको दा’बी गरेको छ । ‘निकुञ्जकै एरियामा आएपछि स’माएर निकुञ्ज प्रशासनलाई जिम्मा लगाएको हो, कु’टपि’ट भएकै छैन,’ निकुञ्ज सुर’क्षार्थ तै’नाथ सेनाको बटु’क द’ल ग’णका प्रमुख अरुण श्रेष्ठले भने, ‘उहाँहरूले यतिका दिनपछि किन यस्तो आ’रो’प लगाउनुभएको हो, थाहा भएन !’

मृ’तक राजकुमार कि छोरी

मृत’कका परिवारले बिहीबार चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसमक्ष घ’टनाको नि’ष्पक्ष छा’न’बिन हुनुपर्ने माग गरेका छन् । जिल्ला प्रशासन कार्यालयले पी’डितको मागअनुसार श’वको पो’स्टमार्ट’म गर्ने जनाएको छ । ‘कु’टपि’ट भएको छैन, त्यो पो’स्टमा’र्टम रिपोर्टले नै बताउला,’ गणपति श्रेष्ठले भने, ‘हामीलाई लगाएको आ’रो’प निरा’धार हो, महिनामा चार सय जना मान्छे स’माएका छौं तर कसैलाई कहिल्यै कु’टपि’ट हुने गरेको छैन ।’

पानीमा सु’ताएर ल”ट्ठीले र ला’त्ताले हा’न्यो : सन्तलाल प्रजा चेपाङ

मसहित त्यस दिन हामी सात जना थियौं । दुई महिला थिए, पाँच जना केटाहरु थियौं । हामी ब्लक फ्याक्ट्रीमा काम गर्छौं । साउन १ गते छुट्टीको दिन थियो, काम भएन । साथी मिलेर जाऔं न त निउरो, अमिलो केही भेटिन्छ कि भनेर गएका हौं । हामी खोलैखोला गइरहेका थियौं, हामीलाई थाहा थिएन, प’छ्याउँदै आएको रहेछ । खोलामा एक’सुरले हातले छा’म्दै घोंगी स’मात्न थाल्यौं । राप्ती तरेर पारिपट्टि ज्युँडी भन्ने खोलामा पुगेपछि ए’क्का’सि एउटा आर्मी देख्यौं ।

उनले ‘ओ यहाँ आइज’ भने । कुनै सोधपुछ छैन । खुट्टामा लगाउने बु’ट हातमा लिइराखेको थियो । त्यसैले ड्या’म्म हा’न्यो । पानीभित्र लौ’रो थियो, त्यसले मलाई गर्ध’नमा हा’न्यो । म पानीमै भ’क्लक्क ढ’लें । बोल्न त के–के बोल्यो बोल्यो । न’राम्रो श’ब्द’ पनि भन्यो । अनि पानीमा सुता’एर ल’ट्ठीले र ला’त्ताले हा’न्यो । पानीमै हिँडाउँदै लिएर गयो । खोला छा’डेर पाखामा उत्रेपछि त्यहाा सुत् भन्यो । त्यहाँ पनि फेरि दुई–तीनचोटि हा’न्यो । डँ’डाल्नोमा ल’ट्ठीले हान्यो ।

बाटोमा जत्रोजत्रो मु’ढा भेटिन्छ, त्यो पनि बो’क् भन्ने । एक्लैले बो’क् भन्ने, न’राम्रो शब्द भन्ने । त्यसमाथि स’य–सयचोटि उत्ता’नो र घो’प्टो पुसअप गर्न लगायो । यसो गरी–गरी चौ’कीमा पुर्‍यायो । लिगलिगे पो’स्टमा लग्यो । त्यहाँ प्रशा’सनले सोधिराथ्यो । प्रशा’सनका मान्छेले यसरी पि’ट्न त नहुने हो, जे–जस्तो भए पनि का’रबाही त गरिन्थ्यो, पि’ट्न नहुने हो भनिराखेका थिए । अब पि’टाइ खाइसक्यो । अनि ह’जार–हजा’र रूपैयाँ ज’रि’वाना तिर्नुपर्छ भन्न थाले हामीलाई । हामीसँग पैसा छैन, कहाँबाट तिर्नु भन्यौं ।

हाम्रो ग्रुपमा अलि पा’तलो त्यही राजकुमार थियो । उसलाई ब’ढी चो’ट पर्‍यो । ला’तले हा’न्ने, पानीभित्रै ला’त र ल’ट्ठी–ल’ट्ठीले हा’न्या छ । त्यसरी हा’नेपछि ऊ त पा’तलो मान्छे, मा’र त बढी पर्‍यो होला नि, हामीलाई पि’ट्दा एक जना मात्रै थियो । पछि फोन गरेर अरु पनि बोलायो । प्रशा’सनको पनि आयो । ६ जना भए उनीहरु । पि’ट्न त एक्लै पि’टेको हो । महिलाहरुलाई मु’ख छा’डे पनि हा’त’पा’तचाहिँ गरेन । पछि हामीलाई साँ’झपख छाड्यो । त्यही पिटा’इको अ’सरले मैले त औषधि खाइरहेको छु । राजकुमार पा’तलो मान्छेलाई झन् के–के भयो–भयो ।

डीपीआर स्वीकृत नहुँदै सिद्धबाबा सुरुङमार्गको काम सुरु

Previous articleदेशको चिन्तामा बोले रवि लामिछाने: भन्छन, बा बौलाए भने बालाई पाता कसेर भएपनि उपचार गराउनु पर्छ
Next article८ वर्ष अघि बाउले आमा मा’रेर ज’लाए, अहिले छोरा भन्छन ” बुबा नि’र्दोष हुनुहुन्छ’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।