८ वर्ष अघि बाउले आमा मा’रेर ज’लाए, अहिले छोरा भन्छन ” बुबा नि’र्दोष हुनुहुन्छ’

८ वर्ष अघि बाउले आमा मा’रेर ज’लाए, अहिले छोरा भन्छन ” बुबा नि’र्दोष हुनुहुन्छ’

काठमाडौं । पत्नी ह त्या अभियोगमा जेल परेका पुर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला जेलमुक्त भएका छन् । सर्वोच्च अदालतको आदेशपछि उनी जेलमुक्त भएका हुन् । डिल्लीबजार कारागारमा रहेका कोइरालालाई सर्वोच्च अदालतको पत्र प्राप्त भएकाले थुनामुक्त गरिएको जेलर गणेश आचार्यले जानकारी दिए । उनलाई लिन उनकी प्रेमिका तारा रेग्मी गाडी लिएर डिल्लीबजार कारागर पुगेकी थिइन् ।

कोइरालालाई जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । उच्च अदालले पनि जिल्लाको फैसला सदर गरेको थियो । तर सर्वोच्चले कोइरालाको कैद घटाएको थियो । डिआइजी कोइरालाले र श्रीमती गीता कोइराला (ढकाल) को ह त्या गरेका थिए । रञ्जनले श्रीमती गिताको ह त्या गरेपछि काठमाडौंबाट गाडीमा पालुङ लगेर ज’लाएका थिए । तर रञ्जनलाई रिसिभ गर्नका लागि रञ्जनका छोराहरु आयुष र आर्यन डिल्लीबजार कारागार गएनन् ।

श्रीमानवाट ज्यान लिइएकी गीता ढकालले घटना हुनु अघि आफ्नो ज्यान खतरामा छ भन्दै प्रधानमन्त्री कार्यालय लगायत विभिन्न सरोकारवाला निकायमा उजुरी दिएकी थिइन् । निधन हुनुभन्दा ९ दिन अघि मात्र प्रधानमन्त्री कार्यालयमा ज्यान सुरक्षाको माग गर्दे उजुरी दिएकी गीताको श्रीमान रञ्जन कोइरालाले ह त्या गरे । उनलाई श्रीमानले पहिला देखि नै तेरो शव गायब बनाउछु भनेर भन्ने गरेको गीताका बुवाले बताएका छन् । उनले पुष १८ गते गीताले ज्यानको सुरक्षा पाउँ भन्दै शसस्त्र प्रहरी प्रमुख र गृहमन्त्रालयमा निवेदन दिएकी थिइन् ।

विभिन्न निकायमा उजुरी दिँदा पनि उनको कतै सुनुवाई भएन । अन्तत उनका श्रीमानले ज्यान लिइ छोडे । शसस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइराला जे लवाट छुटेपछि गीताका बुवा र परिवारका अन्य सदस्यलाई फेरी सुरक्षाको चिन्ता छ । वृद्ध अवस्थाका हरेराम ढकाल आफ्नो छोरीको ज्यान लिने उनका पति जे लवाट छुटेको खबरले निकै चिन्तित छन् । उनलाई आफ्नो सुरक्षाको चिन्ता साथै न्याय म रेको मा पनि चिन्ता थपिएको छ ।

आफ्नो छोरी अकालमा गुमाएका यि वृद्ध बुवालाई अब आफ्ै सुरक्षाको चिन्ता छ । २०५० सालमा उनले छोरीको विवाह निकै खुसीसाथ धुमधाम विवाह गरिदिएका थिए । सुरुमा राम्रै सम्बन्ध भएपनि उनीहरुको बीचमा अर्को महिलाको प्रवेश भएपछि उनीहरुको सम्बन्ध विग्रिएको थियो । उनीहरु ६ वर्ष अघि देखि नै अलग अलग बस्दै आएका थिए । गीताले निधन हुनुभन्दा ६ महिना अघि जिल्ला अदालतमा माना चामलको मु द्दा पनि दर्ता गराएकी थिइन् । अदालतले गीतालाई आधा तलब भराउन आदेश दिएको थियो ।

अफिसले विदेश पठाएको उनी अफिसलाई थाहै नदिएर नेपाल आएर यस्तो घटना गराएका थिए । गीता हराए पछि गीताका माइतीले प्रहरीलाई दिएको उजुरी पनि प्रहरीले दर्ता नगरेको भन्दै गुनासो गरेका थिए । वुढानिलकण्ठ स्थित घर आफ्नो बनाउन रञ्जनले गीताको ज्यान लिएको परिवारका सदस्यको आरोप छ । जिल्ला र पुनरावेदन अदालतले सर्वश्व सहित जन्मकैद सुनाइएका रञ्जन विहिवार सर्वोच्च अदालतले सजाय घटाइदिएपछि छुटेका छन् । रञ्जन छुटेपछि वृद्ध अवस्थाका गीताका वुवालाई सुरक्षाको चिन्ता थपिएको छ ।

यसै क्रममा आफ्नै श्रीमतीको ज्यान लिएर जे लमा रहेका पूर्व डिआइजी रञ्जन कोइराला विहिवार सर्वोच्च अदालतले आधा सजाय घटाइदिएपछि रिहा भए । उनलाई दिइएको सजाय घटाउनुको कारणवारे अहिले सर्वत्र टिप्पणी भइरहेको छ । महान्याधीवक्ताको कार्यालयले पनि सो घटनामा पुनरावलोकन गर्ने निर्णय गरेको छ । रञ्जनलाई सजाय घटाउनुमा उनका दुई छोरालाई संरक्षण आवश्यक पर्ने कारण पनि देखाइएको छ ।

दुई छोरा संरक्षण विहिन भएकाले रञ्जन सुनाइएको सजाय घटाउनुपर्ने एउटा कारण त्यो पनि राखिएको छ । विहिवार रञ्जन जे लवाट निस्कदा बुवालाई लिन भने छोराहरु गएनन् । कालो कार लिएर उनकी प्रेमिका तारा रेग्मी लिन पुगेकी थिइन् । वुवा छुटेपछि पहिलो पटक आफ्नो भनाई सार्वजनिक गर्दै रञ्जनका छोराले आफ्नो बुवा निर्दोश भएको बताएका छन् । उनले आफुहरुको भावनाका बारेमा कसैले पनि नसोचेको बताए । हामीलाई थाहा छ यो साढे ८ वर्ष हामीले कसरी बितायौं, उता मामा घर तिर बुवा रिहा भएपछि अन्याय भयो भन्दै आउनु भएको छ ।

जुन दिन घटना भएको भनिएको छ त्यो दिन बुवा आफुसंग रहेको उनले बताएका छन् । उनले त्यती बेला पनि घटना भए पछि आफुहरुको वयान लिदा पनि आफुले सोही कुरा भनेको बताए । मिसिलमा पनि हेर्न सक्नुहुन्छ, मैले त्यती बेला पनि यहि भनेको छु । उनले आफु जेलमा बुवालाइ लिन नजानुको कारणवारे पनि खुलाए । साढे ८ वर्ष देखि आफु निकै असमन्जसमा परेको बताएका छन् । त्यसैले आफु बुवालाइ लिन नगएको बताए । उनले भने, म साढे ८ वर्ष देखि अलमलमा छु, के गर्न हुने के गर्न नहुने भन्ने नै सोच्न सकेको छैन । हिजो बुवालाई लिन जानुपर्छ की पर्दैन भन्ने कुरा पनि सोच्न सकिन । उनले यो घटनामा सबैभन्दा बढी पी डित आफु र आफ्नो भाई भएको बताए ।

उनले त्यो साढे ८ वर्षको समय अब सम्झन नचाहने पनि बताएका छन् । उनले सो घटना पछि आफ्नो अध्ययनमा पनि असर परेको बताएका छन् । त्यतीबेला म ९ कक्षामा पढ्थे, साथीहरुले यो कुरा उठाउँथे त्यसैले मेरो पढाईलाई पनि असर गरेको थियो । तर भाईलाई भने आफुले संरक्षण गरेको बताएका छन् । उनले हिजो देखि भाई पनि खुसी भएको बताएका छन् । वुवा घरमा आएपछि आफुहरु दुवै जना खुसी भएको बताएका छन् ।

क्रममा रञ्जन कोइरालाका जेठा छोरा आयूष कोइरालाले आफ्ना बुवा निर्दोष भएको दाबी गरे । हाल बीबीएस अन्तिम वर्षमा अध्ययनरत २३ वर्षीय आयूषले ‘तत्कालीन घटनाक्रमलाई कसरी हेर्नुहुन्छ’ भन्ने रातोपाटीको प्रश्नमा भने, ‘मेरो बुवा निर्दोष हुनुहुन्छ ।’

तर अदालतले त तपाइँको बुवालाई नै दोषी करार गरेकै हो नि भन्ने प्रश्नमा उनले अदालतले मिसिल नै नहेरेको बताए । उनले भने, ‘उक्त घटनामा मेरो बुवाको कुनै संलग्नता नै छैन । जुन दिन घटना भयो भनिएको छ, त्यस दिन म बुवासँग नै छु । त्यसकारण उक्त घटनामा बुवाको संलग्नता छ भन्नु सरासर गलत हो । उक्त घटनामा मेरो बुवा निर्दोष नै हुनुहुन्छ ।’

कालिकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, एकजनाको अवस्था गम्भीर

Previous articleखोलामा घोंगी टिप्न जाने माथि सेनाको बु’ट ब’ज्रियो, कु’टाई खाएका एकजनाको ज्या’न गयो (भिडियो)
Next articleभदौ १ पछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुन एयरलाइन्सका कति उडान, भाडादर कति छ ?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।