युवतीको हात छोएको नि’हुँमा मान्छे मा’रेर युएई र मलेशिया गई लु’क्ने १७ वर्ष पछी पक्रा’उ
झापा : जिल्लाको जलथलमा ह’त्याको घट’नाका एक अभि’युक्तलाई झापा प्रहरीले १७ वर्षपछि प’क्राउ गरेको छ। स्थानीय बिरिकलाल माझीको ह’त्याको घट’नामा संलग्न भएको अभि’योगमा झापा प्रहरीले दुर्गा बहादुर थापा मगरलाई पक्रा’उ गरेको हो।
यस्तो थियो घ’टना
२०६०/०७/३० गते हालको झापा गाउँपालिका–४ का ४५ वर्षीय बिरिकलाल माझी छोरीसँग भेटघाट गर्न भनी आएका थिए। उनी सोही दिन साँझ ७ बजेतिर घुमफिर गर्न नजिकैको भ’ट्टी पसलमा पुगे। होटलमा बिरिकलाल माझीले चु’रोट मागे चु’रोट दिदाँ पसल सञ्चालककी छोरीको हातमा छोएको भन्ने विषयलाई लिएर वि’वाद सुरु भएको थियो।

सोही बेला होटलमा मदि’रा से’वन गरिरहेका साविक जलथलगा.वि.स वडा नं. ८ का दुर्गा बहादुर थापा मगर र खेम फुयाँललगायतका व्यक्तिले बहिनीको हात किन स’मातिस् भन्दै नि’हु खोज्दै बिरिकलालमाथि सामान्य कु’टपि’ट गरेका थिए।
कोइरालका अनुसार हाल प’क्राउ परेका दुर्गा बहादुर थापा मगर समेतका ३/४ जना पुन घरमै गई बिरिकलाल माझीलाई होटलमा भएको वि’वादकै विषयमा तँलाई मा’र्छौ भन्दै पुगे। त्यसपछि चि’रपट दा’उरा र छालाको बु’ट जुत्ताले हा’नेर उनलाई सख्त घा’इते बनाएका थिए। घा’इते बिरिकलाललाई मेची अञ्चल अस्पतालमा ल्याई उपचार गर्दा पनि ठीक नभएपछि २०६०/०८/०४ गते बिहान कु’टपि’टको चो’टकै कारण बि’रिकला’लको मृ’त्यु भएको थियो।

लु’कीछि’पी विदेशसम्म
त्यति बेलै मृ’तकका ससुरा बिष्णुलाल माझीले कु’टपि’ट गरी कर्तव्य ज्यान मु’द्दामा कि’टानी जा’हेरी दिएका थिए। लामो समय सम्म फ’रार रहेका प्रति’वा’दीहरु दुर्गा मगर समेतको नाममा जिल्ला अदालत झापाबाट २०७७/०१/३० गते प’क्राउ अनुमति लिई प्रहरी निरीक्षक साकार राजपन्तको टोलीले २०७७/०४/२२ गते झापा मेचिनगर न.पा वडा नं. १२ स्थित शहरेडाँगी स्थित आफन्तको घरमा लुकिछिपि बसिरहेको अवथामा पक्राउ गरेको प्रहरी प्रमुख कोइरालाले जानकारी दिए।
फ’रार मगर काठमाडौं, भारतको कोलकत्ता, दार्जिलिङका साथै मलेसिया, युएई गएर लु’क्दै आएका थिए। उनी नेपालमा हुँदा पनि आफन्तहरुका घरमा लुकीछिपी बस्ने गरेको प्रहरीको प्रारम्भिक अ’नुस’न्धानबाट खुलेको छ।

निजलाई प’क्राउ गर्नसाथ घट’नास्थलका प्रत्यक्षदर्सी समेत रहेका जाहेरवाला मृत’कका ससुरा बिष्णुलाल माझीले यतिका वर्ष नभेटिँदा पक्राउ पर्नेमा आश मा’रेको जानकारी दिए। अब ह’त्यामा संलग्न अन्य पनि पक्राउ पर्ने विश्वास रहेको उनले बताए।
अभियुक्तलाई पाँच दिन म्याद थप गरी हाल अ’नुस’न्धानका लागि जिल्ला प्रहरी कार्यालय झापाको हि’रास’तमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए। फरार रहेकाहरुको पनि खोजीकार्य जारी रहेको थापाले जानकारी बताए। राधा खनाल/ अन्नपूर्ण पोष्ट
मेयर सापकोटा भन्छन्: मेरो लागी खादा माला र मायाको चिनो कष्ट नगर्नुस्।


