छोरिको बेदना मौलिक तिज गित बजारमा
“सधै मलाइ औशिको रात कहिले आउला पुर्णिामा,
बाबाले दिनुभयो बादर कुर्निमा !!”
माथिका मार्मिक र यथार्थ परक हरफ “छोरिको बेदना” तिज गित एल्बम भित्रको हो ! पछिल्लो समय तिजगित ले मौलिकता गुमायो भनिरहदा गायिका राशी रिजाल र उमादेबी खनाल मिलेर मौलिक तिजगित बजारमा लिएर आएका छन् | पहिलोपटक नवलपुर मा रेकर्ड भएको गितमा नारिले खेप्दै आएको यथार्थ र पछिल्लो समय बादर समस्य जताततै देखिएको मौलिक शब्द समेटिएको छ !
नवलपुर मा रहेर कलाकारिताको क्षेत्रमा अगाडि बढ्दै गरेका कलाकार राशी रिजाल र उमादेबी खनाल को आवाज र सहकार्यमा गित बजारमा ल्याइएको हो ! शब्द तथा लय उमादेबी खनाल को रहेको छ भने दृश्य छायांकन डिटिएम मिडिया ले गरेको छ !


