साउदी अरबको रियादमा कोरोनाले थ’लिएका अर्जुनको रा’मक’हानी

म हाल साउदी अरब को राजधानी रियाद मा कार्यरत छु। देश पुरै खुल्ला छ ! तर संक्रमण दर भने अझै पनि उस्तै उस्तै नै छ। दिनहरु ड’रत्रा’समा बित्दै थिए, कुनै पनि किसिम को लक्षणहरु नदेखिएको हुनाले आफू सन्चै छु भन्ने महसुस हुन्थ्यो। यहि जुलाई २२ तारीख रा’त को करिब १२ बजे अ’चानक निन्द्रा खुल्यो ! टाउको धेरै दु’ख्न थाल्यो ! आखा खोल्न सकेको थिएन!  शरीर धेरै कमजोर महसुस भैरहेको थियो। आफू संग भएको थर्मोमिटरले ज्वोरो नापे ! ३८ डिग्री ज्वोरो रहेछ।

सायद भाइरस को शरीरमा प्रवेशले पनि होला जति कोसिस गर्दा पनि निदाउन सकिन! बिहान अस्पताल पुग्ने बितिकै ज्वोरो चेक गर्‍यो र कोरोना परिक्षण गर्न सुझाब दियो! २३ जुलाईमा (यहा free मा online application appointment बाट आफु लै पायक परेको ठाँउ र समयमा PCR गरौन सकिन्छ ) गरेर आएँ !  २५ जुलाईमा रिपोर्ट पोजेटिभ आयो ! संगै मलाई अति ज्वरो, खोकि र नाक बन्द हुने (No sense of smell) सुरु भयो ।

मैले यंहाको emergency help line मा कल गरे, गाडी आयो! ३० मिनेटमा मलाई अत्याधुनिक सुबिधासम्पन्न इमर्जेन्सी कोठामा लगेर राखिएको थियो। केही समय पश्चात् मेरो मोबाइलमा डाक्टरको फोन आयो र सम्पुर्ण लक्षण हरु सोधपुछ गरेपछि नआ’तिन र मनोबल दरो बनाउन डाक्टर ले आग्रह गरे र केही समय को अन्तराल पछी एक जना नर्स पुर्ण सुरक्षा को साधन लगाएर मेरो कोठा आइन् र मेरो रगत को नमुना,ब्लड प्रेसर र ज्वोरो को जाँच गरिन र सोही बेला मलाई पानी मा केही दवाइ को इन्जेक्सन मिसाएर चडाइयो !

केहि समय पश्चात् छातीको एक्सरे र जाच गरियो!  त्यो बेला सम्म मलाई सायद औषधीको प्रयोगले पनि होला धेरै राहत महसुस भैसकेको थियो!  करिब १ घन्टा पछी पुन: डाक्टरले फोन गरे (doctor never visit Normal patient like me they call or do vedio call they believe what if doctor got infected who will take care) रगत र छातीको एक्सरेको रिपोर्ट राम्रो आएको छ,अहिले लाई केही अाैसधी लिएर कोठामै गएर आराम गर्न भनियो।

डाक्टरको सल्लाह अनुसार ५ दिनको अस्पताल बसाइ बसेर कोठामा आएर अाैसधी प्रयोग गरे ( भिटामिन सि, पारसीटामल र भाइरल इन्फेक्सन ) का अाैसधीहरु र घरायसी भान्सामा प्रयोग हुने बेसार,अदुवा,पुदिना र कागतीको रसलाई तातोपानीमा मिसाएर खाने गरेको थिए ।अाैसधी र घरेलु बिधिको प्रयोग पश्चात् धेरै राहत महसुस भयो। तर कहिलेकाहीँ भने ज्वरो आउँने ,पसिना आउने शरीरमा धेरै दुख्ने कडा खाल को लक्षण र धेरै पिडा भएर पनि होला कहिलेकाहीं कोरोना संग हार्छु कि जस्तो नि लाग्थ्यो।

घर परिवार, श्रीमती, साथीको खुब याद आउथ्यो , भगवानमा खासै बिश्वास नगर्ने मान्छे म त्यो समय भगवान लाई खुब सम्झिन पुगे धेरै पल्ट पशुपतिनाथको नाम सम्म जपे। आफू बिरामी भाको कुरा भाई र केही अत्यन्त नजिक को साथी र कम्पनीको साथीहरुलाई मात्र भने र घरमा बुबाआमालाई नसुनाउन आग्रह गरे, आफू चाडाै सन्चो हुने र तनाव नलिन भाईलाई भने हरेक दिन तातो पानी को वाफ लिने, तातो पानी मा बेसार,अदुवा,जिरा हालेर पिउने गर्थ !

हरेक समय दुखाई कम हुँदा हसाउने खालका मनोबल बढाउने खालका कार्यक्रमहरु हेर्थ, सकेसम्म बिहान को समयमा गीत बजायर नाच्ने र सामान्य व्यायाम गर्ने गर्थे (पसिना निकाल्नु राम्रो हो रे) ५ दिन को अस्पताल बसाई र अरु १५ दिन आफ्नै कोठा मा गरि करिब २० दिन आइसोलेसन मा बसेर पुन फेरि आफ्नो दैनिकी मा फर्के ।

तसर्थ मेरो अनुभवमा यो रोग जो कोहिलाई जुनैबेला पनि लाग्न सक्ने भएकोले रोग लागेमा नआतिकन उच्च मनोबल राख्न, पोषण युक्त खाना र घरायसी रूपमा प्रयोग हुने बेसार,कागती,अदुवा ,पुदिना हरु लाई प्रयोग गर्न र ब्यक्तिगत सरसफाइ मा ध्यान दिन सल्लाह दिन्छु ! यो कोरोना लाग्ने बितिकै अस्पताल नै पुग्नुपर्छ भन्ने नि हैन रहेछ। यस्को लक्षण र असर व्यक्ति अनुसार फरक फरक हुने हुँदा म सङै एउटाै फ्ल्याट बस्ने साथी हरु ले कोठामै बसेर बिना अाैसधी कोरोना लाई जित्नु भयो।

मलाई अलि कडा लक्षण देखिएकाले मात्रै म अस्पताल भर्ना भएँ। तसर्थ मेरा अनुभवमा कोरोना संग डराउने हैन सचेत हुन जरुरी छ,आत्मविश्वास ,सकारात्मक सोच,पोषण युक्त र हर्वल आयुर्वेदिक खाने कुरा हरु नै कोरोना को मुख्य औसधि रहेछ ।

My main symptoms

  • Fever/caughf/ nosal block/lost of smell Medicine
  • Vitamin C/ paracetamol 500mg×3 times/Antibiotic and Food Supplement to boost immunity

My home medic

  • Hot water+ginger+honey(morning)
  • Turmeric(1 TB) Ginger+ Lwang(5pcs) lemon 1 pcs cut into 4/5 pcs boil for 10 min and drink at least 300ml before sleep
  • FRUITS(MOST) Any but can google whit high vitamin C and BGroups (apple, orange,mausami, kiwi, mango, papaya) Nothing Cold to consume(it can increase the infection labels on our lungs and neck which can lead breathing problem)

सोलारबाट सञ्चालन हुँदै लिफ्ट सिँचाइ

Previous articleगौतम बुद्ध महान भारतीय नागरिक भएको दाबी गर्दै भारतीय विदेशमन्त्रीले यस्तो भने
Next articleभदौ १ देखि हवाई उडान खुल्नेकुरा तत्काललाई टर्यो, अब भदौ १५ पछी मात्र खुल्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।