युएईमा बनावटी र भ्रामक भिडियो पोस्ट गर्ने १० जना पक्रन आदेश, नेपाली पनि परे

काठमाडौँ । युएईका महान्यायाधिवक्ताले डिजिटल प्लेटफर्महरूमा भ्रामक र बनावटी भिडियो क्लिप प्रकाशित गरेको आरोपमा १० जना प्रतिवादीलाई पक्राउ गर्न आदेश दिएका छन् ।

उनीहरुमा २ भारतीयसँगै पाकिस्तान, फिलिपिन्स, इजिप्ट, बंगलादेश, क्यामरुन, नेपाल, भियतनाम र इरानका छन् ।

सुरक्षा अधिकारीहरूले भिडियोमा वास्तविक र एआई–उत्पन्न फुटेज समावेश भएको बताएका छन् । जसमा युएईभरि विस्फोट, आक्रमण र सुरक्षा खतरा झूटा रूपमा देखाइएको पाइएपछि उनीहरुलाई पक्राउ आदेश दिइएको हो ।
अनुसन्धानले जनतालाई भ्रमित पार्ने र डर फैलाउने उद्देश्यले सामग्री राखिएको पत्ता लगाएपछि संदिग्धहरूलाई द्रुत मुद्दामा पठाइएको गल्फन्युजले जनाएको छ ।

अधिकारीहरूले यस्तो गलत सूचना फैलाउँदा राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने र कम्तिमा एक वर्षको जेल सजाय र १ लाख दिरामदेखि अरु बण्ी जरिवाना हुने चेतावनी दिएका छन् । पक्राउ परेकाहरुको परिचय गोप् राखिएको छ । तस्बिर स्रोतः गल्फन्युज

Previous articleरास्वपाका माननीय फेरि विवादमा, शिक्षकहरु आक्रोशित
Next articleमनकामना दर्शन गरेर फर्किँदै गरेको माइक्रोबस दुर्घटना हुँदा ७ जनाको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।