मनकामना दर्शन गरेर फर्किँदै गरेको माइक्रोबस दुर्घटना हुँदा ७ जनाको मृत्यु

गोरखा : मनकामना मन्दिर दर्शन गरेर फर्किँदै गरेको यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

सहिद लखन गाउँपालिका–३ कान्टारमा बा प्र ०१–००६ ख ८४३० नम्बरको माइक्रोबस आज साँझ दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा सबै भारतीय नागरिक छन् । दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् ।

Previous articleयुएईमा बनावटी र भ्रामक भिडियो पोस्ट गर्ने १० जना पक्रन आदेश, नेपाली पनि परे
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।