टाँडीको सब्जीमण्डी अगाडि भएको दुर्घटनामा घाईते अमिलियाका अर्का युवकको पनि मृत्यु

उज्यालो दर्पण- चितवनको रत्ननगर टाँडीमा रहेको सब्जीमण्डी अगाडी गत कार्तिक २१ गते बुधबार बिहान भएको सवारी दुर्घटनामा घाईते भएका अर्का एक युवकको पनि मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका रत्ननगर-१३ अमिलिया घर भएका साहिल परियारको पनि ज्यान गएको हो ।

सेकेन्डह्याण्ड स्कुटरको खोजीमा हुनुहुन्छ? यँहा क्लिक गर्नुहोस् 

बुधबार ००:२५ बजेको समयमा खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको मधेस प्रदेश०१–००१ ख ०४५७ नम्बरको बस र टाँडीबाट खैरहनीतर्फ जाँदै गरेको ना २४ प १९१८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो ।

दुई सवारी साधन आपसमा ठोक्किई दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीन जना गम्भिर घाइते भएको भएका थिए । घाइतेमध्ये रत्ननगर–१३ अमिलिया बस्ने अन्दाजी २१ वर्षीय सुनिल पौडेलको चितवन मेडिकल कलेजमा उपचारका क्रममा सोहीराति १२ः५१ बजे मृत्यु भएको थियो ।

सो घटनामा घाईते भएका २० वर्षीय साहिल परियार र अन्दाजी २१ वर्षीय सञ्जय लामा गम्भिर घाइते भई चितवन मेडिकल कलेजमा उपचार भइरहेकोमा साहिललाई थप उपचारको लागी भारतको गोरखपुर लागिएको थियो ।

उनको गोरखपुरमै उपचारको क्रममा ज्यान गएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जानकारी दिएको छ ।

Previous articleचितवन दुर्घटना: ट्रेकिङ गएर फर्कदै थिए नवलपुरका शिक्षक दम्पती
Next articleभरतपुरको मालपोतचोक नजिक भएको दुर्घटनामा घाईते पिठुवाकि टिकाकुमारीको निधन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।