श्रीमानकै सल्लाहमा विदेश गएकी मनितालाई घर फर्किए पछि श्रीमानले ‘कसको भुँ’डी बोकेर आइस् भनेपछि’…..

श्रीमानकै सल्लाहमा ओमान गएकी मनितालाई घर फर्किए पछि श्रीमानले ‘कसको भुँ’डी बोकेर आइस् भनेपछि’…..

काठमाडौ । विवाह गरेको ऋ’ण ७ वर्षसम्म तिर्न नसकेपछि श्रीमान्‌कै सल्लाहमा ६ वर्षअघि सुनसरीकी राधिका राई (नाम परिवर्तन) वैदेशिक रोजगारीमा कुवेत पुगेकी थिइन् । परिवार र श्रीमानकै सल्लाहमा वैदेशिक रोजगारीमा लेवनान भनेर नेपालबाट हिँडे पनि कुवेत पुगेको राईले बताइन् ।

साहु दिनैपच्छिे ऋ’ण उठाउन घरमा आएपछि श्रीमान्‌ले नै ’म बिरा’मी छु, तिमी पैसा कमाउन विदेश जाऊ’ भनेर सल्लाह गरेर नै वैदेशिक रोजगारीमा गएको राई बताउँछिन् । ‘विवाह गरेको ४ वर्षमा २ बच्चा भए । विवाह गर्दा लागेको ऋ’ण श्रीमान्‌ले तिर्न सकेका थिएनन् । त्यही भएर बुढाकै सल्लाहअनुसार वैदेशिक रोजगारीमा गएको हुँ ।

५ वर्ष ९ महिना कुवेतमा काम गर्दा करिब १५ लाख कमाएकी थिएँ’, उनले भनिन्, ‘मैले विदेशमा कमाएर पठाएको पैसाले ऋ’ण तिरेर एउटा घर र २ जना छोरा पढाउन खर्च पुगेको थियो । विदेशमा काम गदै बस्दासम्म श्रीमान्‌सँग अति राम्रो थियो । कोरोनाका कारण सम’स्या परेपछि घर आउँदै छु् भनेपछि श्रीमान् राम्रो बोल्न छाडे ।’

स्वदेश फर्किने भनेपछि श्रीमान् फोनमा झ’र्किएर बोल्न थालेको राई बताउँछिन् । परिवारकै ऋ’ण तिर्न र परिवार पाल्नका लागि भनेर वैदेशिक रोजगारीमा जाँदा श्रीमान्‌ले नै यस्तो गर्लान् भनेर कहिल्यै नेसोचेको राईले बताइन् । ‘मैले कुवेतमा कमाएको सबै पैसा श्रीमान्‌कै नाममा पठाएँ । काठमाडौंबाट घर फर्किएपछि श्रीमान्‌ले प’राई जस्तो व्यवहार गर्न थालेका छन् । म घरभित्र पस्दा बाहिर निस्किए, मेरो छेउ परेनन् ।’

राईले आफ्नो दुः’ख पोखिन्, ‘सुरुमा कोरोना भाइरसको सं’क्रम’ण छ भनेर तर्किए’का होलान् भनेर चुपचाप बसेँ तर विस्तारै मलाई ना’नाथरी भनेर गा’ली गर्न थालेपछि मात्र थाहा भयो श्रीमान् त मसँग त’र्किन खोजेका रहेछन् ।’ ’सँगै बस्न सकिँदैन भने मैले विदेशमा कमाएको पैसा चाहियो’ भन्दा ’घर बनाउँदा, ऋ’ण तिर्दा सकियो’ भनेर श्रीमान् त’र्किन थालेपछि न्या’यका लागि माइती नेपालसम्म आएको राईले बताइन् । आफूले कमाएको पैसाले परिवार चल्ने तर श्रीमतीलाई वे/श्या ठान्ने श्रीमान्‌सँग आफू पनि बस्न नस’क्ने राईको भनाइ छ ।

नुवाकोटकी मनिता तामाङ (नाम परिवर्तन) लाई पनि ओमानबाट फर्किएपछि श्रीमान्‌ले स्वीकार गर्न मानेन’न् । ओमानमा हुँदा राम्रै गफ गर्ने श्रीमान्‌ले आफू नेपाल आएपछि श/त्रुको जस्तो व्यवहार गर्न थालेको मनिताले गुना’सो गरिन् । श्रीमान् र छोराका लागि भनेर पैसा कमाउन वैदेशिक रोजगारीमा गएको मनिताको भनाइ छ ।

‘वैदेशिक रोजगारीमा गएका सबै महिला दो’स्रो पुरुषसँग बिग्रिँ’दैनन् । श्रीमान्‌ले मलाई ओमानमा कति पुरुषसँग रात बि/ता/एर आइस् भनेर दो’ष लगाउन थाले । म घर पुगेपछि श्रीमान्‌ले केके रो’ग छ होला भनेर छि..छि र दूर-दूर गरे । अब यस्तो श्रीमान्‌सँग कसरी बस्न सकिन्छ ?’, उनले भनिन्, ‘विदेशमा घरे’लु रोजगारीमा काम गरेर फकिर्एका महिलालाई श्रीमान्‌ले मात्र होइन, समाजले पनि बेग्लै दृष्णि’कोणले हेर्दो रहेछ । घरभित्रै र घरबाहिर हिं’सामा परेका महिलाहरू वैदेशिक रोजगारीमा जान बा’ध्य हुन्छन् । सबैथोक श्रीमान्‌लाई सम्झिएर आएँ, यस्तो गर्छन् भनेर सोचेकी थिइनँ ।’

श्रीमान्‌ले त यस्तो गरे भने समाजले कस्तो गर्ला भोलिका दिनमा ? भन्ने चिन्ताले पि’रोल्न थालेको मनिताको भनाइ छ । ओमानमा कमाएको सबै पैसा हात पारेपछि श्रीमान्‌ले ना’नाथरी भनेर खे’दा’उन खोजेको मनिताको आ’रोप छ ।

‘ओमानमा ५ वर्ष काम गरेर फर्किएँ । कमाएको सबै पैसा श्रीमान्‌को हातमा पठाएँ । तिनै श्रीमान्‌ले अरूसँग सु/तेर आएको भनेर गा/ली गर्दै ना’नाथरी भने’, उनले भनिन्, ‘श्रीमान्‌ले विदेशबाट फर्किने महिलाले भुँ/डी बोकेर आइरहेका छन् तेरो पनि भुँ/डी छ कि भनेर अस्पताल गएर प’रीक्षण गराउन भने । धेरै वर्ष परिवारको माया न’पाएकी एउटी महिलालाई कस्तो भयो होला श्रीमान्‌ले यस्तो भन्दा ?’

५ वर्ष ओमानमा रोजगारी गर्दा करिब १४ लाख रुपैयाँ कमाएर परिवारलाई पठाएको उनको भनाइ छ । उनीहरू हाल महिला आयोगमा न्या’य खोज्न धाइ’रहेको बताउँछन् । राधिका र मनिता त समाजमा देखिएका प्रतिनि’धि पात्र मात्र हुन् । उनीहरू जस्ता धेरै वैदेशिक रोजगारीबाट फर्किएका महिला कामदार सामाजि’क र परिवारिक हि/सांको सिका’र हुने गरेका छन् । शिलापत्रबाट

मनसुनी प्रणाली देशभर फैलिएसँगै विभिन्न स्थानमा भारी वर्षा

Previous articleतथानाम छाडा बोल्दै सोनीका रोकाया लाईभमा, राम गौतमलाई मा र्ने सम्मकाे ध म्की
Next articleभाउजुलाइ झा’रफु’क गर्छु भन्दै सल्यानमा देवरले गरे बला’त्कार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।