मलेसियामा टिकट लिइसकेकाहरुलाई खुसीको खबर: उडान हुने पक्का, यस्तो आयो दुताबासको सुचना

मलेसियामा टिकट लिइसकेकाहरुलाई खुसीको खबर: उडान हुने पक्का, यस्तो आयो दुताबासको सुचना

काठमाण्डौ – मलेसियाबाट चार्टर्ड उडान फेरि हुने भएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले उद्धार उडान बन्द गर्ने निर्णय गरेपछि रोकिएको उडान सरकारले फेरि सञ्चालन गर्ने निर्णय गरेसँगै हुने भएको हो । मलेसियाबाट आउँदो शुक्रबार अर्थात अगष्ट २८ मा हिमालय र नेपाल एअरलाइन्सका गरी दुई उडान हुनेछ भने आइतबार अर्थात अगष्ट ३० मा हिमालय, नेपाल एअरलाइन्स र मलिण्डो एअरले एक, एक वटा उडान भर्ने छन् ।

यो उडानमार्फत स्वदेश फर्कनका लागि यसअघि अगष्ट १९, २० र २१ मा हुने उडानमार्फत घर फर्कन टिकट लिइसकेका यात्रुलाई आफ्नो एअरलाइन्स वा ट्राभल एसेन्जीमा सम्पर्क गरी आफ्नो उडान सुनिश्चित गर्न मलेसियामा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।

यो उडानमार्फत कोभिड १९ पीसीआर नेगेटिभ रिपोर्ट भएका यात्रु मात्र नेपाल फर्कन पाउनेछन् । पीसीआरबाहेक अन्य परीक्षण मान्य नहुने दूतावासले स्मरण गराएको छ । रिपोर्ट नेपाल पुग्ने दिनसम्म सात दिनभित्रको हुनुपर्नेछ । पहिले पीसीआर परीक्षण गरी नेगेटिभ आएको तर नेपाल पुग्ने दिनसम्म सातदिन कट्ने भएमा फेरि जाँच गराउन दूतावासले अनुरोध गरेको छ । उज्यालो अनलाईन बाट 

गठबन्धनको सरकार पाँच वर्ष चल्छ: प्रधानमन्त्री

Previous articleविदेशबाट फर्किँदा पी’सीआर नेगे’टिभ भए घर जान पाइन्छ : मन्त्री भट्टराई
Next articleनियमित र चार्टर्ड उडान तालिका सार्वजनिक, कहाँबाट कहिले हुन्छ उडान(सूचीसहित)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।