अकामा र भिसा भएकाहरु भोलिदेखि साउदी प्रवेश गर्न पाउने

अकामा र भिसा भएकाहरु भोलिदेखि साउदी प्रवेश गर्न पाउने

काठमाण्डौ – सेप्टेम्बर १५ अर्थात भोलिदेखि साउदीले विदेशी नागरिकलाई प्रवेश खुल्ला गर्ने भएको छ । साउदीको परिचयपत्र अकामा, बसोबासको अनुमति भएका र भिजिट भिसामा पनि साउदी अरब प्रवेशका लागि अनुमति दिइने निर्णय भएको अरब न्युजले खबर लखेको छ ।

तर त्यसका लागि साउदी पुग्नुभन्दा ४८ घण्टा अघिको कोरोना भाइरसको पीसीआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्छ । साथै साउदीले सरकारी कर्मचारी, सैनिक र कुटनीतिक नियोगका कर्मचारीलाई प्रवेशमा पनि रोक नलगाउने बताएको छ । साथै उपचारका लागि साउदी जान चाहनेका लागि पनि साउदीले प्रवेश खुल्ला गरेको छ ।

साउदी अरेबियाले सेप्टेम्बर १५ देखि अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध केही खुकुलो बनाउँदैछ । साउदीले अर्को वर्ष अर्थात २०२१ जनवरी १ देखि भने हवाई उडानमा, जमिनमार्फत हुने प्रवेश र सामुद्रिक प्रतिबन्ध पूर्ण रुपमा खुल्ला गर्नेछ । तर परिस्थिति हेरेर आउँदो डिसेम्बरमा नयाँ यकिन मिति तय गर्ने साउदीले जनाएको छ ।

परराष्ट्रमन्त्री साउद र सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

Previous article२२,२४ र २५ सेक्टेम्बरमा कतार बाट उडान हुँदै; नामलिस्ट सहित दुताबासको सुचना
Next articleसाउदीमा नेपाली महिलालाई सा’मूहिक ब’ला’त्कार गरेर तीन त’लाबाट फ्याँ’कियो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।