विश्वकप क्रिकेट : श्रीलंकामाथि भारत ठूलो अन्तरले विजयी

काठमाडौं- भारतले विश्वकप क्रिकेटको हिजोको खेलमा श्रीलंकालाई ३ सय २ रनको ठूलो अन्तरले पराजित गरेको छ । जितसँगै भारत सेमिफाइनलमा स्थान बनाउन सफल रह्यो ।

जितका लागि ३ सय ५८ रनको लक्ष्य पछ्याएको श्रीलंका अविश्वसनीयरूपमा १९.४ ओभरमा ५५ रन बनाएर अलआउट भएको थियो । भारतका लागि मोहम्मद सामीले ५ विकेट लिए भने मोहम्मद सिराजले ३ विकेट प्राप्त गरे ।

यो जितपछि भारतको ७ खेलबाट १४ अंक भएको छ । यससँगै भारत दक्षिण अफ्रिकालाई उछिनेर शीर्ष स्थानमा पुगेको छ । श्रीलंका भने सात खेलबाट ४ अंकमै सीमित रहेको छ ।

https://ujyaalonepalnews.com/archives/32831

Previous articleमहिलाहरु सामुहिक फूल खेतीमा रम्दै (फोटो फिचर)
Next articleइलाम जोड्ने दुर्गापूर-सुखानी सडक कालोपत्रे समयमै सम्पन्न (फोटो फिचर)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।