को हुन् कोरोना विरु’द्धको भ्याक्सिन लगाउने यी पहिलो नेपाली?
काठमाडौं । रुसमा बस्ने एक नेपालीले कोरोना भाइरस ९कोभिड १९० बिरुद्धको भ्याक्सिन लिएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष बद्री केसीले मस्कोमा कार्यरत ६१ वर्षीय डा महेश श्रेष्ठले शनिबार कोराना भाइरसबिरुद्धको भ्याक्सिन लिएको बताए । नेपालको सल्यान पुर्खौली घर भएका श्रेष्ठको नाम रसियन सरकारद्धारा अनलाइनमा लक्की ड्र मार्फत छानिएको थियो।


(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)
Click Here
सरकारले पहिलो चरणमा ३० हजार जनालाई भ्याक्सिन दिने घोषणा गरेको थियो। डा केसीका अनुसार उनी ३० हजार जना मध्येमा छानिएका थिए। श्रेष्ठलाई कोरोना भ्याक्सिन दिन भन्दा पहिला उनको सम्पूर्ण स्वास्थ्य परीक्षण गरिएको थियो ! उपाध्यक्ष केसीले कोरोना भाइरसबिरुद्ध पहिलो भ्याक्सिन लिएकोकोमा खुःशी व्यक्त गर्दै श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको बताए।

यसअघि नेपालका लागि रसियन राजदूत एलेक्सी नोभिकभले रुसले विकास गरेको कोरोना भ्याक्सिन नेपाललाई प्राथमिकताका साथ दिन तयार रहेको बताए थिए। उनले रसियाले विकास गरेको कोरोनाको भ्याक्सिन विश्वभरबाट अडर आउन थालिसकेको जानकारी गराउँदै नेपालले चाहेमा छिट्टै उपलब्ध गराउन पहल गर्ने घोषणा गरेका थिए।
The first LUCKY Nepali who is vaccinated anti Covid vaccine in Moscow Russia.
Dr. Mahesh Shrestha, 61, originally from Salyan Nepal is living in Russia for a long time. He was selected for vaccination through online portal of Moscow Government which announced for the vaccination of first 30 000 people after the successful test of the COVID vaccine from the institute of Gamaley.

Before vaccination, he was tested thoroughly and his health condition, i.e. temperature, pressure etc will be controlled from the doctors through the braslet in his hand regularly. The first vaccine will be boosted with the second one after 21 days. The vaccine is free of cost and it will protect from Covid for two years.


