सेप्टेम्बर २३ देखि ३० सम्म साउदीबाट ९ उडान हुँदै; यस्तो आयो दुताबासको सुचना

0
54

सेप्टेम्बर २३ देखि ३० सम्म साउदीबाट ९ उडान हुँदै; यस्तो आयो दुताबासको सुचना

निराजन घिमिरे, असोज ४ – काठमाण्डौ – साउदीको दम्माम बाट विभिन्न मितिमा थप ९ वटा चार्टर्ड उडान हुने भएको छ । गएको १६ गतेदेखि केहि देशहरुमा नियमित उडान खुले पनि साउदीमा पिसिआर सहज नभएको भन्दै सरकारले साउदी बाट नियमित उडान सुरु गरेको छैन! त्यसैले यहि सेप्टेम्बर २३ देखि ३० सम्म साउदीको दम्माम बाट हुने नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सको को चार्टर्ड उडान तालिका सार्वजनिक भएको हो ।

(साउदीमा रहनुभएका साथीहरुले, साउदीको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)

Click Here

यो अवधिमा नेपाल एअरलाइन्सकोले दम्माम बाट ५ ओटा उडान गर्नेछ ! सेप्टेम्बर २३, २४, २५, २७ र २९ तारिखमा दम्माम बाट काठमाडौँको लागी नेपाल एअरलाइन्सक उडान हुने भएको हो! त्यस्तै सेप्टेम्बर २५, २९, र ३० तारिकमा हिमालय एअरलाइन्सको ४ उडान हुनेछ! जस मध्य २९ तारिख हिमालय एअरलाइन्स कै दुई उडान हुनेछ!  यस अघि दुताबासले विभिन्न मितिमा सार्वजनिक गरेको प्राथमिकताको सुचिमा रहेका नेपालीहरु यी चार ओटा उडान बाट नेपाल फर्कन सक्नेछन !

Photo Credit: aviationnepal.com

यसै सम्वन्धमा साउदीको रियादमा रहेको नेपाली दुताबासले उक्त उडान मार्फत नेपाल जाने यात्रुहरुको लागी जरुरी सुचना जारी गरेको छ! यदि तपाई यो सुचना पढ्दै हुनुहुन्छ भने सबैको जानकारीको लागी यो सूचनालाई अवश्य शे-यर गरिदिनुहोला! दुताबासको सुचना यस्तो छ!

साउदीको दम्माम बाट निम्नलिखित तालिका बमोजिम थप उडानहरू तय भएकोले नेपाली राजदूतावासले विभिन्न मितिमा प्रकाशित गरेको सूचीमा नाम समावेश भएकाहरुले नेपाल एअरलाइन्सको र हिमालय एअरलाइन्स दम्माम स्थित टिकेटिंग प्रतिनिधिकोमा सम्पर्क गर्नुहुन अनुरोध छ! उडान सम्बन्धी थप विवरण सम्बन्धित एयरलाइन्सबाट प्राप्त गर्नु हुन पनि अनुरोध छ!

कक्षा १२ को परीक्षाको नतिजा साउनमै सार्वजनिक गरिने

Previous articleलामो दुरीका सवारी साधन असोज १ गतेबाट सञ्‍चालन हुने, ५० प्रतिशत भाडा वृद्धि
Next articleसाउदीमा कोरोनाबाट ६६ जना नेपालीको मृ’त्यु, ४४ सय संक्रमित