कतारमा काम परिवर्तन गर्न चाहनुहुन्छ ? यसरी गर्न सकिन्छ काम परिवर्तन

काठमाण्डौ – कतारमा तपाईँ काम परिवर्तन गर्न चाहनुहुन्छ ? यदी चाहनुहुन्छ भने तपाईँले विभिन्न प्रक्रियामार्फत रोजगारदाताको पूर्वअनुमति बिनै पनि काम परिवर्तन गर्न सक्नुहुन्छ । तपाईँ काम परिवर्तन गर्न चाहनुहुन्छ भने तपाईँले आफूले काम परिवर्तन गर्न लागेको बारेमा कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयको विद्युतिय माध्यमबाट जानकारी दिन सक्नुहुन्छ ।

(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)

Click Here

तपाईँले दुईवर्ष या दुईवर्षभन्दा कम समयदेखि काम गरिरहनुभएको छ भने एक महिनाको समय अवधि दिएर काम परिवर्तन गर्न पाउनुहुन्छ । दुई वर्षभन्दा धेरै समयदेखि काम गरिरहनुभएको छ भने तपाईँले रोजगारदातालाई दुई महिनाको समय दिएर काम परिवर्तन गर्न पाउनुहुन्छ । कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयको विद्युतिय माध्यममार्फत तपाईँले आफूले काम छोड्न लागेको जानकारी विभिन्न कागजात पेश गरेर जानकारी दिन सक्नुहुन्छ ।

मन्त्रालयको रोजगारदाता परिवर्तन गर्ने सम्बन्धित फारम, कार्यरत रोजगारदाताको हस्ताक्षरसहितकोे करारसम्झौताको प्रतिलिपि, यदी यो नभएमा कामको अवसरको कपि पनि पेश गर्न सकिन्छ तर यो श्रम तथा सामाजिक मामिला मन्त्रालयबाट प्रमाणित भएको हुनपर्छ । साथै नयाँ कामको अवसरको कपी अरेबिक भाषामा लेखिएको हुनपर्छ । यी प्रक्रिया पूरा भएपछि श्रम तथा सामाजिक मामिला मन्त्रालयले रोजगारदाता र श्रमिकलाई काम परिवर्तन निश्चित भएको म्यासेज मोवाइलमा पठाउने छ ।

नयाँ रोजगारदाताले श्रम तथा सामाजिक मामिला मन्त्रालयको वेवसाइट (डिजिटल अथेन्टिकेशन सिस्टम)मार्फत विद्युतिय करार सम्झौताका गर्नका लागि काम थाल्नपर्नेछ । र त्यो करारको कपि नयाँ रोजगारदाताले प्रिन्ट गरेर श्रमिकसँग छलफल गरी हस्ताक्षर गर्न पर्नेछ । हस्ताक्षरसहितको नयाँ करार सम्झौता रोजगारदाताले मन्त्रालयको वेवसाइटमा अपलोड गर्न पर्नेछ । प्रमाणीकरणका लागि रोजगारदाताले ६० कतारी रियाल शुल्क तिर्नपर्छ ।

जब रोजगार करारसम्झौता प्रमाणीकरण हुन्छ तब नयाँ रोजागरदाताले कतारी आइडीका लागि थप आवश्यक कागजातसहित कतारको आन्तरिक मन्त्रालयमा पेश गर्न पर्नेछ । यी प्रक्रिया अनुसार श्रमिकले नयाँ करार सम्झौता, कतारी आइडी र स्वास्थ्य कार्डसहित नयाँ काममा जान सक्निेछन् ।

यसबारे थप जानकारीका लागि कतारको श्रम, प्रशासनिक विकास तथा सामाजिक मामिला मन्त्रालयको हटलाइन नम्बर १६००८ मा सम्पर्क गर्न सकिन्छ । info @ adisa . gov . qa ​मा इमेल गर्न सकिन्छ भने www.adisa.gov.qa मा गएर थप जानकारी लिन सकिन्छ । उज्यालो अनलाईन बाट 

प्रधानमन्त्रीद्वारा बुढीगण्डकी जलविद्युत कम्पनीको फिल्ड कार्यालय उद्घाटन

Previous articleदशैमा घर जान तयार भएका शरण युएई मै अ’स्ताए, पोहोर बिहे गरेकी श्रीमती र परिवार ला’स कुर्दै
Next articleको हुन् कोरोना विरु’द्धको भ्याक्सिन लगाउने यी पहिलो नेपाली?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।