
चितवन । सत्तारूढ रास्वपाको महाधिवेशन अन्तर्गत पहिलो चरणको निर्वाचनमा विहान साढे ९ बजेसम्म २५ सय प्रतिनिधिले मतदान गरिसकेका छन् ।
विद्युतीय भोटिङ सेवा प्रदायक रामलक्षण इनोभेसनका रामप्रसाद रिमालले बताएअनुसार २५ सय प्रतिनिधिले मतदान गरिसकेका हुन् । मतदान १२ बजेसम्म खुला राख्न निर्वाचन समितिले भनेको उनले बताए ।
पहिलो चरणमा केन्द्रीय सदस्यको मतदान भइरहेको छ । मतदान सकिएको २ घण्टामा परिणाम दिन सकिने रिमालले बताए । त्यसपछि दोस्रो चरणमा पदाधिकारी निर्वाचन हुन्छ । केन्द्रीय सदस्य निर्वाचित हुनेमध्येबाट पदाधिकारी निर्वाचन निर्वाचनका उम्मेदवार हुने छन् । मतदाता भने सबै प्रतिनिधि हुने व्यवस्था छ ।


