उज्यालो नेपाल- चितवनको रत्ननगर नगरपालिका–२ टाँडीमा घरमा रङ लगाउने क्रममा लडेर गम्भीर घाइते भएका एक व्यक्तिको उपचारकै क्रममा मृत्यु भएको छ।
प्रहरीका अनुसार २०८३ साउन ३ गते अपराह्न करिब ३:४५ बजे रत्ननगर–२ निवासी कमल महतोको घरमा रङ लगाउने काम गरिरहेका भारत घर भई हाल रत्ननगर–२ टाँडीमा डेरा गरी बस्दै आएका करिब ४० वर्षीय सहजात खान घरको पहिलो तलाबाट अचानक लडेर टाउकोमा गम्भीर चोट लागी घाईते भएका थिए। उनलाई तत्काल उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर पठाइएको थियो।
उपचारकै क्रममा हिजो साउन १२ गते बिहान १०:०९ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। शव परीक्षणका लागि भरतपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।



