Home चितवन सेरोफेरो रत्ननगरमा घरमा रङ लगाउने क्रममा लडेर घाइते भएका व्यक्तिको उपचारकै क्रममा मृत्यु

रत्ननगरमा घरमा रङ लगाउने क्रममा लडेर घाइते भएका व्यक्तिको उपचारकै क्रममा मृत्यु

0
392

उज्यालो नेपाल- चितवनको रत्ननगर नगरपालिका–२ टाँडीमा घरमा रङ लगाउने क्रममा लडेर गम्भीर घाइते भएका एक व्यक्तिको उपचारकै क्रममा मृत्यु भएको छ।

प्रहरीका अनुसार २०८३ साउन ३ गते अपराह्न करिब ३:४५ बजे रत्ननगर–२ निवासी कमल महतोको घरमा रङ लगाउने काम गरिरहेका भारत घर भई हाल रत्ननगर–२ टाँडीमा डेरा गरी बस्दै आएका करिब ४० वर्षीय सहजात खान घरको पहिलो तलाबाट अचानक लडेर टाउकोमा गम्भीर चोट लागी घाईते भएका थिए।  उनलाई तत्काल उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर पठाइएको थियो।

उपचारकै क्रममा हिजो साउन १२ गते बिहान १०:०९ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। शव परीक्षणका लागि भरतपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

Previous articleपिठुवा सिँचाइलाई नयाँ हाइड्रोलिक एक्साभेटर हस्तान्तरण
निराजन घिमिरे
निराजन घिमिरे चितवनमा बसेर सक्रिय सक्रिय पत्रकारिता गर्छन, जो स्थानीय मुद्दा, कृषि, विकास र सामाजिक गतिविधिलाई तथ्यपरक ढंगले उज्यालो नेपालमार्फत जनतासम्म पुर्‍याउन समर्पित छन्। उनि चितवनबाट प्रकाशित भईरहेको उज्यालो नेपाल न्युजका संचालक समेत हुन्।