कतार पुलिसमा पठाउने भन्दै अ’वैध अन्तर्वार्ता: म्यानपावर भित्रै दला’लको ल’फडा, भिडियो तल अन्तिममा हेर्नुहोला
वैदेशिक रोजगार विभागको टोली लाजिम्पाटस्थित होप इन्टरनेसनलमा आ’कस्मिक अनुग’मनमा पुग्यो । म्यानपावर कम्पनीले विभागबाट डि’माण्डको पुर्व स्वीकृति नै नलिई कतार पुलिसमा पठाउने भन्दै कामदारसँग अन्तर्वार्ता लिंदालिंदै गर्दा विभागको टोली त्यहाँ पुगेको थियो । मिनिस्टरी अफ इन्टिरियर ह्युमन रिसोर्स डिर्पाटमेण्ट कतारमा सुर’क्षा गा’र्डको रुपमा पठाउने भन्दै प्रि अन्तरवार्ता लिइरहेको अवस्थामा भेटिएको अनु’गमन टोलीमा ख’टिएका विभागका अधिकृत कुशल बरालले जानकारी दिए ।
(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)
Click Here

“हामीले म्यानपावरमा छा’पा मा’र्ने क्रममा अन्तर्वार्ताका लागि युवाहरुले भरेका फर्महरु समेत भेटेका छौं, अधिकृत बरालले भने ‘कतार पुलिसका लागि अन्तर्वार्ता लिइएको भन्ने पुष्टि भएको छ, म्यानपावरका श्रम प्रतिनिधिले नै अन्तर्वार्ता लिइएको भनेर लिखित कागतमा हस्ताक्षर गरेका छन् ।” थप छान’विनका लागि आवश्यक कागजात सहित म्यानपावर कम्पनीलाई विभाग उपस्थित हुन पत्र का’टिएको उनले बताए ।
छा’पा मा’र्ने क्रममा नेपालस्थित कतारी दूतावासको गाडी पनि म्यानपावर कम्पनी परिसरमै भेटिएको थियो । विभागको टोली पुगेको थाहा पाएपछि अन्तरर्वार्ता बन्द गरेर म्यानपावर सञ्चालक, कर्मचारी र अन्तर्वार्तामा सहभागी विदेशी कार्यालयभित्र डेढ घण्टासम्म लुकेका थिए । विभागको अनुगमन टोली र प्रहरी टोलीलाई अ’टेर गर्दै अन्तर्वार्तामा सहभागी भएका विदेशीलाई म्यानपावरले लु’काएको थियो ।

विभाग टोलीलाई अ’टेर गरेपछि काठमाडौं महानगरका वडा प्रतिनिधि बोलाएर कार्यालय ढोका फो’ड्ने तयारी गरेपछि मात्र म्यानपावर कर्मचारीले ढोका खोलेका थिए । जव ढोका खोलियो त्यसपछि विभाग टोलीलाई आवश्यक कागजात लिएर छानविन गर्न सहज भएको थियो । विभागले हिजो मात्रै डीडी ह्युमन रिसोर्स र एसओएस म्यानपावर कम्पनीमा पनि छा’पा मा’रेर कागजपत्रसमेत ज’फत गरेको थियो ।
नियमअनुसार म्यानपावर कम्पनीले श्रमिकको मागपत्र विदेशस्थित दूतावासबाट प्रमाणीकरण गराएर वैदेशिक रोजगार विभागबाट पूर्व स्वीकृति लिनुपर्छ । साथै त्यस डिमाण्डको लागि अन्तरवार्ताको मिति विभागलाई जानकारी गराउनुपर्छ । सो पश्चात मात्रै अन्तर्वार्ता लिन पाउने प्रावधान छ । कतारी पुलिसका लागि भन्दै सुरुमा महिनामा १ लाख र ३ महिनापछि महिनाको २ लाख कमाइ हुने भन्दै अहिले विभिन्न म्यानपावरमा यस्ता अन्तरवार्ता चलिरहेको जानकारी पाएपछि विभागले आक’ष्मिक अनुगमलाई ती’व्र पारेको छ ।
तीन महिनाअघि देखिनै कतारमा श्रमिक पठाउने काममा सी’मित म्यानपावर मात्रै सहभागी हुन पाउने गरी सि’न्डिकेट ला’द्न खोजिएको च’र्चा चलेको थियो । संसदीय समितिले पनि सरकारलाई यसबारे छान’विन गर्न भनेको छ । यही बेला भ’टाभटी कतारको रोजगारीका लागि भन्दै अवै’ध रुपमा अन्तरवार्ता लिने काम चलिहरेको पुष्टि भएको छ ।

होप इन्टरनेशनल, अल(थाक्वेत ओभरसिज, एसओएस म्यानपावर, डीडी ह्युमन रिसोर्स म्यानेजमेन्ट, राज ओभरसिज, अल(रायन इन्टरप्राइजेज, गोर्खा इन्काउन्टर्स, सुपर्भ फर अल्टिमेट म्यानपावर सोलुसन, कैलास इन्टरनेशनल म्यानपावर, न्यू पाथीभरा प्लेसमेन्ट सर्भिसेज, डेभिड फरेन रिक्विमेन्ट एजेन्सी, धर्म ओभरसिज, साउन्डलिनेस रिक्रुटमेन्ट, कञ्चन ह्युमन रिसोर्स म्यानेजमेन्ट र इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट प्रालिलाई मात्रै कतारमा श्रमिक पठाउने गरी सि’न्डिकेट ला’द्न खोजिएको आ’रोप अन्य व्यवसायीले लगाउँदै आएका छन् ।
आज यसै विषयमा नेपाल वैदेशिक रोजगार व्यवसायीसंघले कतार पुलिसको नाममा भईरहेको गो’प्य अन्तर्वार्ताको वि’रोध गर्दै वैदेशिक रोजगार विभागले गरेको कामको समर्थन गरेको एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ । साझा सवालबाट


