विदेश बाट नेपाल आउन अझै सहज हुने: अन्तर्राष्ट्रिय उडान संख्या बढाउने सीसीएमसीको निर्णय
काठमाडौँ — कोभिड—१९ सं’कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले अन्तर्राष्ट्रिय उडान संख्या बढाउने निर्णय गरेको छ । सीसीएमसी निर्देशक समितिको मंगलबारको बैठकले अहिले उडानका लागि स्वीकृति पाएका मुलुकबाहेक अन्य मुलुकमा पनि कोरोना संक्रमणको जो’खिमको अवस्था मूल्यांकन गरी आवश्यकताअनुसार उडान अनुमति दिने निर्णय गरेको हो ।
(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)
Click Here

संक्रमणको जो’खिम मूल्यांकन गरी अन्य मुकुलमा पनि आवश्यकताअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित उडानको अनुमति दिन निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए । उनले भने, ‘नियमित उडान स्वीकृति भएका देशका अला’वा संक्रमणको जो’खिम मूल्यांकन गरी अन्य मुलुकमा पनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आवश्यकताअनुसार क्रमशः नियमित उडान अनुमति दिँदै जाने निर्णय भएको छ ।’

विभिन्न सरकारी कार्यालयहरुमा एक/दुई जनामा संक्रमण देखिनेवित्तिकै सम्पूर्ण सेवा बन्द गर्ने प्रवृत्ति बढेकाले त्यस्तो नगर्न पनि सीसीएमसीले निर्देशन दिएको छ । संक्रमित व्यक्तिहरुलाई आइसोलेसनमा राखेर सेवा नियमित गर्न निर्देशन दिइएको उनले बताए । संक्रमण उ’च्च रहेका र कम हुँदै गएका स्थानमा के कस्ता सेवा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमणको जो’खिम बढ्दै गएको भन्दै उपत्यका मेयर फोरमले कडा नि’षेधाज्ञा गर्न सिफारिस गरेको थियो । यद्यपि सीसीएमसीले त’त्काल नि’षेधाज्ञा गर्ने विषयमा भने कुनै निर्णय गरेको छैन । संक्रमणको उच्च रहेको सीमित स्थानलाई सि’ल गरी सेवा सञ्चालनका सम्बन्धमा केही निर्णय गर्न सकिने गरी छलफल भएको सचिव गुरागाईंले बताए । उपत्यकामा रहेको एकीकृत एम्बुलेन्स सेवाको पर्किङ स’मस्या रहेकाले विभिन्न स्थानीय तहमा पार्किङका लागि व्यवस्थापन गर्ने निर्णय भएको छ ।


