साउदीले रोक्यो सबै अन्तर्राष्ट्रिय हवाई उडान, नेपालबाट निर्धारित उडान रद्द

साउदीले रोक्यो सबै अन्तर्राष्ट्रिय हवाई उडान, नेपालबाट निर्धारित उडान रद्द

काठमाडौं, पुस ६ । साउदी अरेबियाले सबै अन्तर्राष्ट्रिय हवाई उडानमाथि अस्थायी रोक लगाएको छ । यसले नेपालबाट हुने हवाई उडान समेत रद्द हुने भएका छन् । हिमालय एयरलाइन्सका अनुसार साउदी अरेबियाको नागरिक उड्डयन प्राधिकरणले सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको छ । सोहीकारण काठमाडौंबाट साउदी अरबका लागि निर्धारित उडान रद्द भएका छन् ।

साउदी अरेबियाले सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई तथा स्थलमार्गबाट साउदी अरबमा हुने आवागमन एक साताका लागि रोकेको हो । यस्तो प्रतिवन्ध थप एक साता रोकिने सम्भावना रहेको एयरलाइन्सले जनाएको छ । सोहीकारण साउदीका कारण नेपालबाट निर्धारित उडान रद्द भएको भन्दै टिकट लिइसकेका यात्रुले अतिरिक्त शुल्क बीना नै यात्राको मिति परिवर्तन गर्न सक्नेछन् ।

यात्रा गर्न नचाहेमा भने टिकट फिर्ता लिन सकिने भएको छ । उडान बन्द भएपछि तत्काल नेपाल आउने र नेपालबाट साउदी जाने यात्रु भने प्रभावित हुने भएका छन् । साउदीमा नेपालबाट हिमालयर् एयरलाइन्सले मात्र उडान गर्दै आएको छ ।

‘कालोमोसो दस्ता’का लिडर मेडिकल व्यावसायी दुर्गा प्रसाईँलाई कसले दल्यो कालोमोसो?
Previous articleसाउदीमा १ हप्ता उडान बन्द, ५० जनाभन्दा बढी एकै ठाउँमा भेला हुन नपाउने, नियम उल्’लङ्घन गरे १५ हजार रियाल जरि’बाना
Next articleकतारमा आइपुग्यो कोरोना वि’रुद्धको खोप, बुधबार (२२ डिसेम्बर) देखि लगाउन सुरु गरिने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।