साउदीमा १ हप्ता उडान बन्द, ५० जनाभन्दा बढी एकै ठाउँमा भेला हुन नपाउने, नियम उल्’लङ्घन गरे १५ हजार रियाल जरि’बाना

साउदीमा १ हप्ता उडान बन्द, ५० जनाभन्दा बढी एकै ठाउँमा भेला हुन नपाउने, नियम उल्लङ्’घन गरे १५ हजार रियाल जरि’बाना

काठमाण्डौ – साउदी अरेबियामा एकै ठाउँमा ५० जनाभन्दा बढी मानिस भेला हुन नपाउने भएका छन् । कोरोना सङ्क्रमण नियन्त्रणको लागि भन्दै साउदी सरकारले अर्को सूचना जारी नभएसम्मको लागि ५० जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन प्रति’बन्ध लगाएको हो । नियम उल्लङ्घन गर्नेहरुलाई साउदी रियाल १५ हजारसम्म ज’रिबाना हुने जनाएको छ ।

यस्तै साउदी अरेबियाले आजबाट सबैै अन्तर्राष्ट्रिय उडानहरु एक हप्ताका लागि रोकेको छ । साउदीको आन्तरिक मन्त्रालयले आजबाट लागू हुने गरी आगामी एक हप्ताका लागि सम्पूर्ण अन्तर्राष्ट्रिय हवाइ तथा स्थलमार्गबाट साउदी अरबमा हुने आवागमन स्थगन गरेको जनाएको छ । नागरिकहरुको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न सावधानी स्वरुप यो कदम चालिएको जनाउँदै आवश्यक परेमा उडान स्थगनको अवधि लम्बिन सक्ने समेत आफ्नो सूचनामा उल्लेख गरेको छ ।

साउदी सरकारले जारी गरेको हवाइ उडान लगायत स्वास्थ्य सम्बन्धी सावधानीका सूचनाहरु पूर्ण पालना गर्न साउदीमा रहेको नेपाली दूतावासले आग्रह गरेकाे छ ।

यसपालि दशैँमा पानी पर्छ कि पर्दैन ? यस्ताे छ माैसमविद्काे अनुमान
Previous articleडि’प्रेसनले ज्यान फा’लेका रोशनको परदेशमै गरियो अ’न्त्यष्टि
Next articleसाउदीले रोक्यो सबै अन्तर्राष्ट्रिय हवाई उडान, नेपालबाट निर्धारित उडान रद्द
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।