साउदीमा उडान बन्द भएपनि नेपाल फर्कन सकिने हल्ला साँचो हो? यस्तो छ गाँठी कुरा

साउदीमा उडान बन्द भएपनि नेपाल फर्कन सकिने हल्ला साँचो हो? यस्तो छ गाँठी कुरा

उज्यालो नेपाल, पौष १४ चितवन- साउदीमा यतिबेला उडान बन्द छ ! गत हप्ताको मंगलबार देखि साउदी सरकारले विमान र जहाज मार्फत आफ्नो देशमा प्रवेश गर्न रोक लगाएको छ! युरोपियन मुलुकहरुमा देखिएको नयाँ किसिमको कोरोना भाईरसको जो’खिम बढेको भन्दै साउदी सरकारले आवतजावत बन्द गरेको हो! साउदी सरकारले कुनै पुर्व जानकारी बिना अका’स्मात रुपमा उडान बन्द गरिदिएपछि साउदी प्रवेश र साउदी बाट बाहिरिन लागेका मानिसहरु अल’पत्र परेका छन् !

saudi king salman

भन्नलाई आउँदो हप्ताको लागी सम्म रोक लगाईएको भनिएता पनि  यो प्रति’बन्ध कहिले सम्म लम्बिन्न्छ कुनै जानकारी छैन ! तर हिजो मात्र साउदीको जनरल अथोरिटी अफ सिभिल अभिएसन (GACA) ले एक सुचना जारी गर्दै विदेशी नागरिकले साउदी छोड्न सक्ने बताएको छ! तर यसका लागी GACA ले निकै क’डा र क’ठोर नियम हरु पनि जारी गरेको छ! सुचनामा विदेशी नागरिकहरुले चार्टर्ड फ्लाईटहरु बाट साउदी छोड्न सक्ने जानकारी दिइएको छ!

सुचनामा जनाइए अनुसार चार्टर्ड फ्लाईट लिएर आएका कुनै पनि पाईलट वा विमानका कर्मचारीले साउदीको जमिनमा टे’क्न पाउने छैनन्! सामान्य भाषामा भन्नु पर्दा पाईलट, एअर होस्टेस लगायत कुनैपनि कर्मचारी प्लेनबाट उत्रन पाउने छैनन्! त्यस्तै साउदीको विमानस्थलमा काम गर्ने कुनै कर्मचारी,अपरेशन स्टाफसँग पनि विमानका कर्मचारीले प्रत्यक्ष सम्पर्क राख्न पाउने छैनन्!

Photo Credit: aviationnepal.com

यस्तो अवस्थामा नेपालीहरु कसरी साउदीबाट नेपाल जान सक्छन त ? अब नेपालका दुई एअरलाइन्स नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सले साउदी नागरिक उड्डयन प्राधिकरण संग चार्टर्ड उडानको अनुमति लिनेछन! अनुमति आएपछी मात्र नेपालका विमानले साउदी उडान भर्नेछन! यसको लागी रियादमा रहेको नेपाली दुताबासले पक्का पनि सहजीकरण गर्ने छ! साउदी बाट नेपालमा हुने उडानहरु बारे सम्पूर्ण सुचना उज्यालो नेपालमा प्रकाशित हुनेछ! हाम्रो फेसबुक पेजलाई फलो, लाईक गर्नुहोला ! त्यस्तै युटुबमा पनि UJyaalo  Nepal सर्च गरेर अथवा यँहा क्लिक गरेर हामीलाई Subscribe गर्नुहोला !

विदेशमै बसेर नेपालमा लाईसेन्स नविकरण गर्न सकिन्छ?

 

तीन महिनामा पन्ध्र हजार विदेशी पर्यटक पुगे मुस्ताङ

Previous articleके विदेश मै बसेर नेपालमा लाईसेन्स नविकरण गर्न मिल्छ?? के भन्छन यातायातका हाकिम??
Next articleआज २०७७ साल पौष १५ गते बुधबार ( 30 Dec 2020) तपाईको आजको दिन कस्तो छ? (राशिफल)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।