पासपोर्ट Renew को लागी 08 January शुक्रबार साउदीको अर्को अर्को शहरमा घुम्ती शिविर बस्ने

उज्यालो नेपाल, पौष २१ चितवन- साउदीको रियादमा रहेको नेपाली दुताबासले रियाद बाट निकै टाढा कार्यरत नेपालीहरुलाई मध्यनजर गर्दै अलहासा मा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्ने भएको छ । नेपाली दुताबासले एक विज्ञप्ति जारी गर्दै दम्माममा कार्यालय संचालन हुने मिति समय र स्थान बारे जानकारी दिएको हो!

साउदीमा कार्यरत नेपालीहरुलाई पायक पर्ने स्थानबाटै राहदानी नविकरण सेवा प्रदान गर्ने उद्देश्यले विभिन्न शहर र मितिमा राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्न लागेको नेपाली दुताबासले जनाएको छ ! यस अघि दुताबासले विभिन्न समयमा राहदानी नविकरण गर्नुपर्ने व्यक्तिहरुलाई अनलाईन मार्फत आवेदन दिन आग्रह गरेको थियो!अनलाईन फारम भरेका र नभरेका दुवै प्रकारका नेपाली नागरिकहरु उक्त अस्थाई कार्यालयमा उपस्थित भएर आवेदन दिन सक्नेछन! दुताबासको सुचना यस्तो छ!
अल हासामा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय राख्ने स्थानसम्बन्धी सूचना !

यस राजदूतावासको पूर्व सूचना बमोजिम राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि आउँदो शुक्रबार ०८ जनवरी २०२१ मा अल हासाको देहायको स्थान र समयमा अस्थायी कार्यालय सञ्चालन गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।
अस्थायी कार्यालय राख्ने
- स्थानः Mazra boqsha (मज्रा बोक्शा) लब्बैक होटल निजकै City Flower Hyper Market, Hofuf को छेउमा यंहा क्लिक गरेर गुगल म्याप लोकेसन हेर्न सक्नुहुनेछ!
- मिति: ०८ जनवरी २०२० शुक्रबार
- समयः बिहान ९ बजे देखि

राहदानी आवेदनका लागि आउँदा अनिवार्यरुपमा साथमा ल्याउनुपर्ने कागजातहरूः
- सक्कल राहदानी
- राहदानीमा आफ्नो फोटो भएको पेज र पेज नं. ३१ को फोटोकपि एक/एक प्रति
- नागरिकताको फोटोकपि एक प्रति (अगाडि र पछाडि दुबै पेज एउटै पानामा आउने गरी)
- राहदानी दस्तुर साउदी रियाल- २००।–
- हराएको वा कुनै कारणले बिग्रिए वा च्यातिएको भए साउदी रियाल-४००।-
नेपाली राजदूतावास, रियाद ०५ जनवरी २०२१


