विदेशबाट घर फर्कदा अर्काको सुन बोकेर नजान दुताबासको अनुरोध; नत्र यस्तो कार’बाही हुने
दोहा । कतारस्थित नेपाली दूतावासले नेपाल यात्रागर्दा अरु व्यक्तिका सुनलगायतका बहुमुल्य वस्तुहरु नबोक्न आग्रह गरेको छ । दूतावासले प्रचलित कानून बमोजिम आफूले लानुपर्ने भएमा खरिद बिल साथमा राख्न पनि आग्रह गरेको छ । ‘हालैका दिनहरुमा कतारबाट नेपाल जाने केही नेपालीहरुले अन्य व्यक्तिको अनुरोधमा वा विभिन्न प्रकारका प्रलोभनमा परी सुन लगायतका अन्य बहुमुल्य वस्तुहरु लैजाने तथा यसै कारणले नेपालमा विभिन्न समस्यामा परेको सूचनाप्रति ध्यानाकर्षण भएको’ दूतावासले जनाएको छ ।

‘कतारमा रहँदा आफूले खरिद गरेको सुन लगायतका बहुमुल्य वस्तुहरु नेपालको प्रचलित कानून कानूनले तोकेको परिणामभित्र नेपाल लैँजादा उक्त वस्तुहरुको खरिदबील सँगै राखेर मात्र नेपाल लैजान’ दूतावासले अनुरोध पनि गरेको छ। ‘दोहाबाट काठमाडौं यात्रा गर्दा खरिद बिल साथमा नरहेको वा आफ्नो स्वामित्व प्रमाणित नहुने तथा कानूनले तोकेको परिणामभन्दा बढी यस प्रकारका बहुमुल्य वस्तुहरु बोकेको पाइएमा त्यस्तो सामान जफत हुनाको साथै कानूनी का’रवाहीको भागि’दार समेत हुनुपर्ने हुँदा जुनसुकै बहानामा भएपनि अन्य व्यक्तिको सामानहरु लिएर यात्रा नगर्नुहुन सबैमा सचेत गराइन्छ,’ दुतावासले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

सरकारले खाडी मुलुकबाट कामदारलाई ५० ग्रामसम्म सुन नेपाल लैजान छुट गरेको छ। यही कानुनी छि’द्र प्रयोग गरेर नेपाली सोझा कामदारलाई सुनको भरिया बनाएर तस्क’री गर्ने गि’रोह कतारलगायतका देशहरुमा सक्रिय छन् ।यस्तो धन्दा गर्ने कतारमा मात्रै सयौंको संख्यामा छन्। कोही एयरपोर्टमै आएर सेटिङ मिलाउँछन्, कोही कामदारको कोठासम्मै पुगेर। कोही होटलमा वा कोही चिनजानका मान्छेलाई भरिया बनाएर त’स्करीको धन्दा चलाउँदै आएका छन्। त’स्करहरुले सुन काठमाडौं पुर्याउन सहयोग गरेवापत काठमाडौंदेखि घरसम्मको ट्याक्सी, बस टिकट, खाने बस्ने बन्दोबस्त र थप नगद ६ हजार रूपैयाँ दिने भनेर कामदारलाई प्रलोभन देखाउने गर्छन् । (प्रवास खबर डटकम बाट)

यस्तो छ दुताबासको सुचना
दोहाबाट काठमाडौँ यात्रा गर्दा अन्य व्यक्ति बहुमूल्य बस्तुहरु नबोक्ने सम्बन्धमा कतारस्थित नेपाली नेपाली समुदायमा राजदूतावासको अनुरोध
हालैका दिनहरुमा कतारबाट नेपाल जाने केही नेपालीहरुले अन्य केही व्यक्ति अनुरोधमा वा विभिन्न प्रकारका प्रलोभनमा परी सुन लगायत बहुमुल्य वस्तुहरु लैजाने तथा यसकै कारणले नेपालमा विभिन्न सम’स्यामा परेको सूचनाप्रति यस राजदूतावासको ध्यानाकर्षण भएको छ! तसर्थ कतारमा रहँदा आफूले खरिद गरेको सुन लगायतका बहुमुल्य वस्तुहरु नेपालको प्रचलित कानूनले तोकेको परिमाण भित्रमात्र नेपाल लैजाँदा उक्त वस्तुहरूको खरिद बिल सँगै राखेर मात्र नेपाललाई जानु हुन अनुरोध छ!

दोहाबाट काठमाडौँ यात्रा गर्दा खरिद बिल साथमा नरहेका वा आफ्नो स्वामित्व प्रमाण नहुने तथा कानुनले तोकेको परिमाण भन्दाबढी यस प्रकारका बहुमुल्य वस्तुहरु बोकेको पाइएमा त्यस्तो सामान ज’फत हुनको साथै कानुनी का’रबाहीको भागीदार समेत हुनुपर्ने हुँदा जुनसुकै बहा’नामा भएपनि अन्य व्यक्तिको सामानहरु लिएर यात्रा नगर्नु हुन सबैमा सचेत गराइन्छ! नेपाली राजदूतावास दोहा २०७७/०९/२०



