पासपोर्ट Renew को लागी 08 January मा साउदीको अर्को शहरमा घुम्ती शिविर बस्ने

पासपोर्ट Renew को लागी 08 January शुक्रबार साउदीको अर्को अर्को शहरमा घुम्ती शिविर बस्ने

उज्यालो नेपाल, पौष २१ चितवन- साउदीको रियादमा रहेको नेपाली दुताबासले रियाद बाट निकै टाढा कार्यरत नेपालीहरुलाई मध्यनजर गर्दै अलहासा मा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्ने भएको छ । नेपाली दुताबासले एक विज्ञप्ति जारी गर्दै दम्माममा कार्यालय संचालन हुने मिति समय र स्थान बारे जानकारी दिएको हो!

साउदीमा कार्यरत नेपालीहरुलाई पायक पर्ने स्थानबाटै राहदानी नविकरण सेवा प्रदान गर्ने उद्देश्यले विभिन्न शहर र मितिमा राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्न लागेको नेपाली दुताबासले जनाएको छ ! यस अघि दुताबासले विभिन्न समयमा राहदानी नविकरण गर्नुपर्ने व्यक्तिहरुलाई अनलाईन मार्फत आवेदन दिन आग्रह गरेको थियो!अनलाईन फारम भरेका र नभरेका दुवै प्रकारका नेपाली नागरिकहरु उक्त अस्थाई कार्यालयमा उपस्थित भएर आवेदन दिन सक्नेछन! दुताबासको सुचना यस्तो छ!

अल हासामा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय राख्ने स्थानसम्बन्धी सूचना !

नेपाली राजदुताबास रियाद, साउदी अरब

यस राजदूतावासको पूर्व सूचना बमोजिम राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि आउँदो शुक्रबार ०८ जनवरी २०२१ मा अल हासाको देहायको स्थान र समयमा अस्थायी कार्यालय सञ्चालन गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।

अस्थायी कार्यालय राख्ने

  • स्थानः Mazra boqsha (मज्रा बोक्शा) लब्बैक होटल निजकै City Flower Hyper Market, Hofuf को छेउमा यंहा क्लिक गरेर गुगल म्याप लोकेसन हेर्न सक्नुहुनेछ!
  • मिति: ०८ जनवरी २०२० शुक्रबार
  • समयः बिहान ९ बजे देखि

राहदानी आवेदनका लागि आउँदा अनिवार्यरुपमा साथमा ल्याउनुपर्ने कागजातहरूः

  • सक्कल राहदानी
  • राहदानीमा आफ्नो फोटो भएको पेज र पेज नं. ३१ को फोटोकपि एक/एक प्रति
  • नागरिकताको फोटोकपि एक प्रति (अगाडि र पछाडि दुबै पेज एउटै पानामा आउने गरी)
  • राहदानी दस्तुर साउदी रियाल- २००।–
  • हराएको वा कुनै कारणले बिग्रिए वा च्यातिएको भए साउदी रियाल-४००।-

नेपाली राजदूतावास, रियाद ०५ जनवरी २०२१

थिमिमा कुभिण्डेजात्रा मनाइयो

Previous articleविदेशबाट घर फर्कदा अर्काको सुन बोकेर नजान दुताबासको अनुरोध; नत्र यस्तो कार’बाही हुने
Next articleप्रेमकला कुँवरको आ’त्मह’त्या सार्वजनिक
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।