कतारी अमिर साउदीमा: साउदी र कतारको तना’वपूर्ण सम्बन्धको अन्त्य; नाका’बन्दी खुल्यो

कतारी अमिर साउदीमा: साउदी र कतारको तना’वपूर्ण सम्बन्धको अन्त्य; नाका’बन्दी खुल्यो

कतारमाथी छिमेकी देशहरुले लगाएको जल,थल तथा हवाई ना’काबन्दी आज देखि हटेको छ । साउदी अरेबियाको अल उला सहरमा आज भैरहेको गल्फ कर्पोरेशन काउन्सिल (जिसिसी)को ४१ औं सम्मेलनमा साढे तीन वर्ष लामो ना’काबन्दी हटाउन औपचारिक सहमती भएको छ ।

अमीर शेख तमीम बिन हमद अल थानीसंगै कुवेतका अमीर शेख नवाफ अल-अहमद अल जबर अल सबाह, साउदीका राजकुमार मोहम्मद बिन सलमान बिन अब्दुलाजीज अल सउद, बहराइनका राजकुमार सलमान बिन हमद अल खलीफा, युएईका उपराष्ट्रपति तथा दुबईका राजा शेख मोहम्मद बिन रशीद र ओमानी उपप्रधानमन्त्री फहद बिन महमूद अल सईदले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुरूप साउदी अरेबियाले कतारसंगको हवाई,भुमि तथा समुन्द्री नाका गएको रा’ती देखि नै खुला गरिसकेको छ । सम्मेलनमा भाग लिन कतारको तर्फ बाट अमिर शेख तमिम बिन हमाद अल थानी साउदी अरेबिया पुग्नुभएको थियो । अमिरलाई स्वागत गर्न त्यहाँको राजकुमार मोहम्मद बिन सलमान विमानस्थल पुग्नुभएको थियो । खाडी राष्ट्रहरूले क्षेत्रीय ‘एकता र स्थायित्व’ सम्बन्धी तीन वर्षको कतार बिरूद्धको प्रतिबन्ध अन्त्यका लागि सम्झौतामा हस्ताक्षर गरेका साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले मङ्गलबार बताउनुभएको छ ।

साउदी अरबले खाडी मुलुकहरूको गठबन्धनलाई नेतृत्व दिँदै कतारले इरान र इरानको समर्थन प्राप्त अति’वादी इस्ला’मिक समूहसँग कतार अधिक निकट बनेको आ’रोप लगाउँदै सन् २०१७ को जुनमा उनीहरूले कतारसँग कुटनीतिक सम्बन्ध तथा पारबहन सम्बन्ध वि’च्छेद गर्ने निर्णय गरेका थिए । उक्त निर्णयले कतारलाई खाडीमा एक्लो बनाएको थियो यद्यपि गठबन्धनको आरो’पलाई कतारले ख’ण्डन गर्दै आएको थियो ।

“यी प्रयासहरूले हामीलाई अल उला वक्तव्यको सहमतिमा पुग्न मद्दत पु¥याएको छ । शिखर सम्मेलनमा हस्ताक्षर हुनेछ । सम्मेलनमा हामी हाम्रो खाडी, अरब र इस्लामिक एकता र स्थिरताको पुष्टि गर्दछौं,” उहाँले बैठकमा भन्नुभयो । मध्यस्थताका लागि उहाँले संयुक्त राज्य अमेरिका र कुवेतलाई धन्यवाद दिनुभएको छ । उहाँले थप्नुभयो, “आज हाम्रो क्षेत्रको प्रवर्धन र हाम्रो वरपर रहेका विशेष गरी इरानी शासनको आ’णविक र बैलि’स्टिक मिसाइल कार्यक्रमले ल्याएको ख’तराहरू चुनौतिहरूको सामना गर्न सहयोग पुगेको छ । तो’डफोड र वि’नाश गर्ने योजनाहरूको सामना गर्न एकजुट हुनु आवश्यक छ ।”

In this photo provided by the Saudi Royal Court, Saudi Arabia’s Crown Prince Mohammed bin Salman, right, welcomes Qatar’s Emir Sheikh Tamim bin Hamad al-Thani upon his arrival to attend the Gulf Cooperation Council’s 41st Summit in Al-Ula, Saudi Arabia, Tuesday, Jan. 5, 2021. (Saudi Royal Court via AP)

अल उला घोषणा पत्र नाम दिइएको दुई सहमति पत्रमा छ–सदस्यीय खाडी सहकार्य परिषद्का नेताले हस्ताक्षर गरेका छन् । साउदी सहर अल उलामा खाडी क्षेत्रका यी मुलुकहरूको शिखर सम्मेलन र मस्यौदा तयार भएको हो । उनीहरूको सहमतिसम्बन्धी सामग्री तुरून्त सार्वजनिक गरिएको छैन तर छिमेकीहरू बीचको लामो दु’श्मनीको बाबजुद साउदीले दोहासम्म आफ्नो सिमाना खोल्ने घोषणा गरेपछि रा’ति क’डा गति’रोध अन्त्य गर्ने सम्झौताको आशा बढेको छ ।

नहर विभाग खाली गर्ने समय सिमा नजिकिदै – नगर प्रमुख लामा भन्छन “मुख्य राजनैतिक दलको दोहोर चरित्र मात्र वाधक”

Previous articleप्रेमकला कुँवरको आ’त्मह’त्या सार्वजनिक
Next articleवि’वादले सबै बैंक खाता बन्द भएको नेकपाको कति छ सम्पति? हेर्नुहोस
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।