कतार प्रहरीमा भर्ति गर्न १० हजार भन्दा बढी नेपाली युवाको माग, करोडौ झ्वा’म पार्न दला’लहरुको दौड’धुप

काठमाडौं। कतार सरकारले बाह्र हजार नेपाली युवाहरुलाई आफ्नो प्रहरीमा भर्ती गर्ने प्रार’म्भिक प्रक्रिया शुरु गरेको छ। कतार सरकारका तर्फबाट नेपाली युवालाई कतारको प्रहरी वा मि’लिट्रीमा भर्ती गर्नका लागि पहिलो चरणमा दुई सयको संख्यामा लैजान नेपाल सरकारसँग अनुमति माग गर्दै पत्र पठाएको छ। उसले यसका लागि नेपालको म्यानपावर कम्पनी अल तकित ओभर’सिजलाई अनुमति दिन अनुरोध गर्दै पत्र पनि लेखेको छ। हजारौंको संख्यामा आफ्ना युवाहरुलाई विदेशको सरकारी सुर’क्षा निकायमा भर्ती गर्न नेपाल र कतारका बैदेशिक रोजगार कम्पनीहरुलाई अनु’मति दिने कि नदिने भन्ने अ’न्यौलमा नेपालको सरकार परेको छ।

कतार सरकारले निशुल्क भिसासहित अन्य खर्च पनि आफैं व्यहोर्ने गरी नेपाली युवालाई कतार प्रहरीमा भर्ती गर्न प्रस्ताव गरेको हो। कतारले शुल्क नलिने भने पनि’ कतारका दलालहरु र नेपालका म्यानपावर कम्पनीले प्रतिव्यक्ति ८ लाखदेखि १० लाखसम्म रकम असु’ल गर्दै युवाहरुको छा’ती नाप्न शुरु गरिसकेका छन्। तर, यो कार्यलाई नेपाल सरकारले हालसम्म अनुमति दिएको छैन। कतारस्थित नेपाली राजदूतावासले नेपाल सरकार परराष्ट्र मन्त्रालयलाई पत्र नै लेखेर कतार सरकारले मि’लिट्री र प्रहरीमा भर्ती गर्न नेपाली युवा माग गरेकोले अनुमति दिन के गर्ने भन्ने निर्णय गर्न आग्रह गरेको छ। सरकारले अनुमति नदि’ई दला’लहरुको विग’विगीले हजारौं बे’रोजगार युवाहरुको लाखौं रकम दला’लहरुले उठाएर वि’चल्ली पार्न थालिसकेका छन्।

यो कार्यलाई नेपाल सरकारले हाल’सम्म अनुमति दिएको छैन। कतारस्थित नेपाली राजदूतावासले नेपाल सरकार परराष्ट्र मन्त्रालयलाई पत्र नै लेखेर कतार सरकारले मि’लिट्री र प्रहरीमा भर्ती गर्न नेपाली युवा माग गरेकोले अनुमति दिन के गर्ने भन्ने निर्णय गर्न आग्रह गरेको छ। सरकारले अनुमति नदिई द’लालहरुको विग’विगीले हजारौं बेरो’जगार युवाहरुको लाखौं रकम द’लालहरुले उठाएर वि’चल्ली पार्न थालिसकेका छन्। यसबारे कतार सरकारले ताके’ता गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसमेतले चा’सो राखेको र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र श्रममन्त्री गौरीशंकर चौधरीलाई मुलुकको हितलाई प्राथमिकतामा राखेर राज्यका सबै निकायसँग परामर्श गरी आवश्यक निर्णय गर्न निर्देशन दिएको बताइएको छ।

प्रधानमन्त्रीसमेतले चा’सो राख्ने सुर’क्षासँग सम्बन्धित विषयसमेत भएकाले परराष्ट्र मन्त्री ज्ञवालीले गत बिहीबार श्रममन्त्री चौधरी, श्रमसचिव तोयम राय, परराष्ट्र सचिव भरतराज पौडेल, तथा परराष्ट्र र श्रम मन्त्रालयका सरो’कारवाला निकायका सहसचिवहरुको एउटा बैठकको आयोजना गरेका थिए। बैठकले यसबारे नेपाली युवालाई श्रम द’लाल व्यापारीहरुमार्फत मित्रराष्ट्र कतारको प्रहरीमा भर्ती गराउन पठाउन मिल्ने कि न’मिल्ने? दला’ल कम्पनीहरुमा’र्फत पठाउँदा यहाँबाट कतार जाँदै नेपाली युवाहरु ठगि’ने अवस्था र विदेशको कुनै पनि सुर’क्षा निकायका लागि आफ्ना युवालाई भ’र्ती हुन दिनु हुने कि नहुने भन्नेबारे छफ’फल भएको थियो।

व्यापारीलाई सुम्पनु पर्ने श्रममन्त्रीको अडा’न बैठकमा श्रममन्त्री गौरीशंकर चौधरीले नेपाली युवाहरुको छा’ती ना’पेर कतार प्रहरीमा भर्ती गर्न नेपालका व्यापारीहरुलाई अनुमति दिनुपर्ने अडा’न लिएका थिए। उनले सरकारले व्यापारीलाई नदिए कतारले नेपाललाई त्यत्रो भर्तीको को’टा दिन नसक्ने बताए। उनले कतारले नेपाललाई दिएको को’टा र’द्ध हुने ख’तरा रहेको भन्दै तत्काल निर्णय नगरे कतारले पा’किस्तानबाट यु’वाहरु भर्ती गर्ने अवस्था आएको जिकिर गरेका थिए। उनले श्रम द’लाललाई भर्तीको जिम्मेबारी दिन ढि’ला गर्नु नहुने जि’किर गरे पनि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशको मि’लिट्री र प्रहरीजस्तो हति’यारधारी फौजमा काम गर्न आफ्नो देशका युवा पठाउने विषय संवे’दनशील हुने भन्दै हता’रिएर व्यापारीलाई अनुमति दिने कुरामा निर्णय गर्नु नहुने अ’डान लिएका थिए।

उनले रक्षामन्त्रालय, गृहमन्त्रालय र सरोकारवाला सबै निकायसँग अर्को बैठक गरी परामर्श गरेर मात्र कतार सरकारलाई जवाफ पठाउने भन्दै श्र’ममन्त्रीको दवा’व अस्वी’कार गरेका थिए। यसबारे डिसी नेपालको प्रश्नमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री चौधरीलेले धेरै कुरा बता’उन चाहेनन्। उनले भने,‘यसबारे छलफल चल्दै छ, प्रस्ता’व आएको सत्य हो।’ स्रोत अनुसार कतारस्थित नेपाली राजदूत नारद भारद्वाज वाग्लेले पत्रमात्र लेखेर नभई मौखिकरुपमा पनि परराष्ट्रमन्त्री ज्ञवालीलाई यो विषयको संबे’दनशीलताबारे ब्रिफि’ङ गरिसकेका छन्। डिसी नेपालसँग कुरा गर्दै राजदूत वाग्ले भन्छन्, ‘सैनि’क कानु’न अनुसार जनशक्ति लैजानुपर्ने भएकाले दुई सरकारबीच सम्झौता गरौं भन्ने हाम्रो कुरा हो तर कतारले भने बी टू बी (व्यापारीमार्फत) अन्तर्गत नै नेपाली युवा लैजान चाहेको छ।’

राजदूत वाग्लेले त्यहाँको सरकारसँग यसबारे केही चरण कुरा भइसकेको र नेपालको मनसाय दुई सरकारबीच नै सम्झौता होस् भन्ने रहेको आफूले कतार सरकारलाई जानकारी गराएको पनि डिसी नेपाललाई बताए। जी टू जीमा अल’मल किन? हति’यारधारी फौजमा विदेशमा नेपाली पठाउने कि नपठाउने भन्ने कुरा राष्ट्रिय सु’रक्षासँग जोडिएको संवेद’नशील विषय हो। हाल भा’रत, बेलायत, सिंगापुरलगायतका देशहरुमा गोर्खा फौजका नामले नेपालीहरु भर्ती हुने गरेका छन्। परम्परागत कुनै सन्धिको त्या’न्द्रो समातेर विदेशी फौजमा युवाहरुको भर्तीलाई नेपाल सरकारले रो’क्न सकेको छैन। कतारसँग कुनै पुरानो सन्धिले फौज भर्ती गर्न अनुमति दिनुपर्ने आवश्यकता छैन। तर, श्रम द’लालहरुका माध्यमबाट यसअघि पनि केही युवाहरुलाई कतारी प्रहरीमा भ’र्ती गरिसकिएको अवस्था छ।

बैदेशिक रोजगारीका सिलसिलामा आफ्नो देशको युवा शक्ति विदेशी फौ’जमा पठाउने नै हो भने पनि तिनको सुरक्षा, तिनका परिवारको सुर’क्षा र पेन्सनसमेतको व्यवस्थाका बारेमा सरकारले नै टुं’गो गर्नुपर्ने हुन्छ। श्रम दला’लहरुको आर्थिक प्रलो’भनमा परेर नेपाली युवाहरु विदेशी फौजमा पठाउने काम हुनुले त्यसरी भर्ती हुने हजारौंको जीवन र तिनका परिवारको जीवन खत’रामा पार्नु हो। यो संवेद’नशीलतालाई बुझेर बरु दुई सरकारका बीच (जी टू जी) नै सम्झौता गरी सबै शर्तहरु पालना हुने गरी रोजगारीका लगि पठाउनु पर्नेमा दला’लहरुको आर्थिक प्रलो’भनामा श्रममन्त्री चौधरीले दला’ललाई नै नेपाली युवाको म’सल पावर सुम्पने प्रयास गरेका छन्।

उनको प्रयास हालसम्म प्रधानमन्त्री ओली र परराष्ट्र ज्ञवालीका कारण पूरा हुन पाएको छैन। तर, के ओली र ज्ञवाली आफ्नो अडा’नमा टिकिरहन सक्लान्? कतारी राजदूत फर्किए यो विषयमा समेत परामर्श गर्ने गरी नेपालका लागि कतारका राजदूत दोहा पुगेर फर्किएको बताइएको छ। उनी फर्केपछि फेरि नेपालका म्यानपावर कम्पनीहरुले नेपाल सरकारलाई बी टू बी ( बिजिनेश टू विजिनेश) अर्थात् निजी श्रम द’लाल कम्पनीहरुबाटै कतारमा मिलिट्री र प्रहरीमा नेपाली युवा पठाउन द’वाव बढाउन थालेका छन्। नेपालका श्रम दलालहरुसँग मिलेर नेपाली युवाहरुलाई नेपालको अनुम’तिविना नै अबैधा’निक बाटोबाट कतारको प्रहरीमा भर्ती गर्न खोजेको कुरामा नेपालस्थित कतारी दूतावासको गाडी र संयन्त्र प्रयोग भएकोमा नेपालस्थित कतारी दूतावास विवा’दमा परिसकेको छ।

गरी’ब र बेरोज’गारी नेपाली युवाहरुले अनेक ऋ’ण गरेर जम्मा गरेको रकम श्रम द’लालको हातमा पुर्याउने र नेपाल तथा कतारका दला’लहरु मिलेर खाने विषय यसअघि नै सार्वजानिक भइसकेको छ। सुटु’क्क भर्ती गर्ने प्रयास अस’फल कतारको इन्टेरि’यर मिनिष्ट्रीसँग सम्बद्ध केही उच्च अधिकारीहरु र नेपालका सत्तामा प’हुँच भएका केही शक्तिशाली व्यक्तिहरु संलग्न बैदेशिक रोजगार कम्पनीहरुले यसअघि सु’टुक्करुपमा प्रतिव्यक्ति ८ लाखदेखि १० लाखसम्म रकम क’बोल गराएर युवाहरुलाई कतार प्रहरीमा भर्ती गर्न भित्रभित्रै अन्त’र्वार्ता शुरु गरेका थिए।

नेपाल सरकारलाई जानकारी पनि नदिई आफू खुसी नेपाली युवालाई कतारको प्रहरीमा भर्ती गराउने अन्तर्वार्तासमेत लिएको थाहा भएपछि बैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले ती म्यानपावर कम्पनीहरुमा अचा’नक छा’पा मा’रेका थिए। यहीक्रममा कतारी उच्चअधिकारीहरु आएर अवैधा’निकरुपमा युवा भर्ती गर्ने कामका लागि अन्तर्वार्ता लिँदै गरेको खुला’सा भएको थियो।

https://ujyaalonepalnews.com/archives/13520

Previous articleसा’बिती बया’न: ‘भागरथी दिदी चाउचाउ खाँदै आउँदै थिइन्​, ध’क्का दिँदा ल’डेर बे’हाेस् भइन् अनि घाँ’टी थि’चेर ह’त्या गरेँ’
Next articleसामान्य घा’ईते भएको बालकलाई ब्याक गरि गरि कि’चेर मा’रेपछि ….
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।