काठमाडौं । गत फेब्रुअरी ९ तारिखका दिन चितवन खैरेनीका ३४ वर्षीय बालकृष्ण बोट साउदी अरबको रियादका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडे । वैदेशिक रोजगारीका लागि रि’याद उड्दै गरेका बोटको हातमा फ्लाइ दुबईको (काठमाडौं-दुबई, दुबई–रियाद) टि’कट थियो । बोट एक वर्षपछि रियाद फर्कदै थिए । ८ वर्षसम्म वैदेशिक रोजगारीकै शिलशिलामा साउदीको रियाद बसेका उनी गत वर्ष मात्र नेपाल आएका थिए । तीन महिनाको छुट्टि लिएर नेपाल आएका बोट घर फर्किदा नफर्किदै कोभिड–१९ को विश्व महा’मारी फै’लियो । जसका कारण लगभग एक वर्ष जति उनी यतै रो’किन पुगे ।
क्या’न्सिल भएको भिसा,टिकट जसोत’सो मिलाएर एक वर्षपछि बोट पुनः रियाद फर्किदै थिए । तर,जब उनी उडेको फ्लाइ दुबईको विमानस्थलमा उ’त्रियो तब उनी अवा’क भए । बुधबार रा’ति ११ः३५ बजे साउदीका लागि भनेर काठमाडौंबाट उडेको फ्लाइट त्यसको लगभग साढे तीन घण्टापछि दुबई विमान उत्रिएको थियो । जब जहाज विमानस्थलमा ल्याण्ड भयो तब एयर होस्टले यात्रा स’माप्त भएको घोषणा गरिन् । साउदीका लागि सोही प्लेनको टिकट का’टेका बोट च’कित भए । त्यसो त उनी मात्र होइन उनीसँगै गएका अर्का नेपाली यात्रु समेत च’कित भए ।

ग’लत टिकट का’ट्दा स’मस्या
बोटले र उनीसँगै गएका अर्का साथीले गोरहा भिजन ट्राभल प्रा.लिमार्फत फ्लाईट दुबईको ट्रा’न्जिट फ्लाइटको टिकट का’टेका थिए । टिकट अनुसार प्लेन फ्लाइ दुबईको बोइङ ७३७–८०० जहाज दुबई विमानस्थल ट्रा’न्जिट भएर साउदीको रियाद जाने थियो । बुधबार रा’ती ११ः३५ बजे काठमाडौंबाट उडेको जहाज बिहिबार विहान ३ः१५ बजे दुबई विमानस्थलमा ल्याण्ड गर्ने र त्यसको २ घण्टा ४५ मिनेटपछि अर्थात् ६ः१० बजे पुनः रियाद उड्ने सेडुल थियो । तर प्लेन रियाद उड्ने भने कुनै सेडुल थिएन । कारण थियो,साउदीले लगाएको दुबईबाट हुने कुनैपनि उडानमा प्र तिबन्ध ।
कोभिड–१९ को थप संक्र’मणको जो’खिम बढेसँगै साउदी सरकारले गत फेब्रुअरी ३ देखि दुबई टु साउदी हुने कुनैपनि फ्लाइट अनिश्चि’तकालका लागि रो’क लगाएको थियो । जुन हालसम्म पनि कायमै छ । तर यस्तो अवस्था रहँदारहदै पनि उक्त यात्रुहरुलाई गोरहा भिजनले दुबई ट्रान्जिटको साउदीको फ्लाइ दुबईको टिकट का’टिदिएको थियो । जसले गर्दा यात्रुहरु बीचैमा अ’लपत्र पर्न पुगे । ‘नत खानेकुरा नत बस्ने ठाउँ,नत साथमा धेरै पैसा नै थियो । हामी त बि’चल्लीमा प¥यौं । हार’गुहार गरेपछि त्यसको भोलिपल्ट मात्र सोही प्लेनले हामीलाई नेपाल फकाएदियो । साउदी जान नपाएपनि धन्न नेपाल भनेपनि आउन पाएका छौँ । तर पनि हामी माथि अ’न्याय भएको छ । यसको हामीलाई उचित न्याय चाहिन्छ,’ पी’डित यात्रु बोटले भने ।
दो’ष कस्को ?
‘यो त सरा’सर ट्राभल एजेन्सी र बोर्डिङ्ग पास हेर्ने नेपाल एयरलाइन्सकै कम’जोरी हो । अहिले कुनैपनि एयरलाइन्सको दुबई ट्रा’न्जिटमा साउदी फ्लाइट छैन । यस्तो अवस्थामा पनि एजेन्टले किन ट्रान्जिट फ्ला’इटको टिकट काटि’दियो ?हामीले त बकैता सूचना वेसाइटमा राखेका छौँ । हेर्नुपर्यो नि ! त्यसै टिकट का’टेर मात्र हुन्छ ?टिकट का’ट्नेको चाहिँ कुनै जिम्मेवारी हुँदैन ?’ फ्लाइ दुबईका व्यवस्थापक सेन शर्माले प्रतिप्रश्न गरे, ‘र फेरि बोर्डिङ्ग पास हेर्ने नेपाल एयरलाइन्सले के हेरेर यात्रु पठा’यो ?ग’ल्तीको भा’गिदार चाहीँ हामी नै हुनुपर्ने ?’
यता,त्रिभुवन विमानस्थलको ग्राउण्ड ह्याण्डि’लिङ्गको जिम्मेवारी पाएको नेपाल एयरलाइन्सले भने सो घट’ना प्रति अन’विज्ञता देखाएको छ । उक्त घ’टनाबारे आफुहरुलाई कुनै जानकारी नभएको बताउँदै नेपाल एयरलाइन्सकी प्रवक्ता करिष्मा श्रेष्ठले भनिन्, ‘सो घट’नाबारे हालसम्म निगममा कुनै गु’नासो परेको छैन । त्यस्तो हो भने पनि फ्लाइट आफै जिम्मेवार हुन्छ । यसमा हामीले त सहजिकरण गर्नेमात्र हो ।’ प्रवक्ता श्रेष्ठका अनुसार सम्बन्धित फ्लाइटको प्रतिनिधिको रोहोबरमा मात्र निगमले बर्डिङ्ग पास ईश्यु गर्ने हो । बाँकी सबै स्वयम् कम्पनी जिम्मेवार हुने हो । यता,टिकट का’ट्ने एजेन्ट गोरहा भिजन ट्राभलले आफ्नो प्रति’रक्षा गर्दै फ्लाइट प्रति’बन्धको कुनै सूचना आफुहरुले नपाएको र फ्लाइ दुबईले समेत सूचित नग’रेको आ रोप लगाएको छ ।
सो घट’ना बारे बोल्दै ट्राभल एजेन्सीका प्रमुख व्यवस्थापक केदार दवाडीले भने, ‘यो घट’ना प्रति हामी पनि दु खी छौँ । यो प्रा’विधिक कारणले घटेको घ’टना हो ।’ उनले भने, ‘दुबईबाट साउदी हुने ट्रान्जिट फ्लाइट रो’किएको सूचना हामीलाई जानका’रीमा थिएन । जुन कुरा फ्लाइ दुबईले पनि हामीलाई जानकारी दिएन । हामीले पी’डित पक्षलाई टि’कट बा’पतको रकम फिर्ता गर्न कम्पनीसँग अनुरोध गरेका छौँ,’ दवाडीले भने । दुबईबाटै फर्काइएका पी’डित यात्रुहरुले अहिलेसम्म टिकट बा’पतको रकम फिर्ता पाएका छैनन् । उनीहरु न त गन्तव्यमा पुग्न सके नत खर्च गरेको पैसा फिर्ता नै पाए। अहिले सम’स्या लिएर ट्राभल एजेन्सी जाँदा विमान कम्पनीलाई,विमान कम्पनीमा जाँदा एजेन्सीलाई र बोर्डिङ पास हेर्ने नेपाल एयरलाइन्सलाई देखाएर उ’म्कने को’शिस गरिरहेको पी डित यात्रुहरुको गु’नासो छ । रातोपाटीबाट ।
https://ujyaalonepalnews.com/archives/13553


