रामेछाप – धेरैजसो विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षक नहुँदा विद्यार्थीको पठनपाठन प्रभा’वित भएको कुरा त सुनिएकै हो तर तीन जना विद्यार्थीलाई तीनै जना शिक्षक रहेको सुन्दा अच’म्मै लाग्न सक्छ ! यस्तै अच’म्मको शिक्षक र विद्यार्थी सङ्ख्या बराबरी रहेको विद्यालय रामेछाप नगरपालिका ३ साँघुटारमा रहेको छ । साँघुटारमा रहेको ककनी आधारभूत विद्यालयमा वि’गत लामो समयदेखि तीन जना विद्यार्थीलाई तीन जना शिक्षकले एउटै कोठामा राखेर पढाउँदै आएका छन् ।
२०५१ सालमा स्थापना भएको यस विद्यालयमा सुरुका वर्षमा कक्षा आठसम्म पढाइ हुन्थ्यो । अहिले गाउँमा रहेका युवायुवती वैदेशिक रोजगारीमा जाने क्रम बढ्दा र गाउँका अभिभावकहरू आफ्ना साना बालबालिकालाई सदरमुकामका सुविधा सम्पन्न विद्यालयमा पढाउन सुरु गरेपछि विद्यार्थीको सङ्ख्या घटेको ककनी विद्यालयका शिक्षकले बताएका छन् ।
विद्यार्थी नहुँदा अहिले यस विद्यालयमा कक्षा पाँचसम्म मात्रै पढाइ हुँदै आएको छ । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या १५ जना रहेको विद्यालयले जनाएको छ । तर त्यस विद्यालयमा पत्रकारहरू पुग्दा विभिन्न समूहका तीन जना विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउँदै आएको भेटिएको हो, अन्य कक्षाकोठामा विद्यार्थी थिएनन् ।
धेरै वर्ष मेह’नत गरेर गाउँमा आधारभूत विद्यालय स्थापना गरेको भए पनि अहिले विद्यालयको अवस्था निकै द’यनीय बनेको रामेछाप नगरपालिका ३ साँघुटारका धनबहादुर खड्काले गु’नासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘विद्यालयमा अहिले हेर्ने हो भने विद्यार्थीको सङ्ख्या र शिक्षक बराबरी छन् । हरेक वर्ष अन्य विद्यालयले विद्यार्थी भर्ना अभियान चलाउने सुने पनि आफ्नो गाउँको विद्यालयले भने त्यसमा चासो नदिँदा यस्तो स’मस्या आएको हुन सक्छ ।’
पटक–पटक अनु’गमन गर्दा यस विद्यालयमा विद्यार्थी सङ्ख्या एकदमै कम भएकाले कक्षा घटा’उने विषयमा नगर शिक्षा समितिमा छलफल भइरहेको रामेछाप नगरपालिका शिक्षा शाखाका प्रमुख सुकदेव नेपालले जानकारी दिनुभयो ।
‘पहिलेदेखि चलिरहेको विद्यालयको एकै पटक कक्षा घटा’उन स्थानीय अभिभावकहरूले नमानेका कारण घटाउन सकिएन । आउँदाे शैक्षिक सत्र २०७८ साल वैशाखदेखि लागू गर्ने गरी कक्षा तीनसम्म मात्रै सञ्चालन गर्ने गरी नगर शिक्षा समितिले काम अघि बढाएको छ’, उहाँले भन्नुभयो । यस विद्यालयका शिक्षकलाई अन्यत्र पदस्था’पन गर्ने प्रमुख नेपालले बताउनुभयो । उज्यालो अनलाईन बाट
https://ujyaalonepalnews.com/archives/13676


