साउदीमा लागु भएको नयाँ कानुन बारे रियादमा रहेको नेपाली दुताबासले जारी गर्यो यस्तो सूचना

उज्यालो नेपाल, १५ मार्च, रियाद- आ’प्रवासी श्रमिकलाई ‘आधुनिक दा’स’ सरह व्यवहार गरको े अन्तर्राष्ट्रिय समुदायमा आ’लोचना भएपछि साउदी अरबल ‘क’फला’ प्रणाली खुकु’लो गर्ने नीति आइतबारदेखि कार्यान्वयनमा ल्याएको छ । साउदीले दुई वर्ष करार अवधि समाप्त भएपछि स्वदेश फिर्न र रोजगारदाता परिवर्तन गर्न अनुमति आव’श्यक नपर्ने गरी कफला प्रणालीमा सुधार गरको े हो। यसअघि साउदी प्रवेश भइसकेपछि रोजगारदाता (कफला) ले अनुमति नदिएसम्म देश छो’ड्न र रोजगारी परिवर्तन गर्न पाइ“दैनथ्यो। तपाई साउदीमा हुनुहुन्छ र यो सुचना हेर्दै हुनुहुन्छ भने सबैको जानकारीको लागी यो समाचार शे’यर गरिदिनुहोला ! दुतावासको सुचना यस्तो छ!

साउदी सरकारले २०७७ चैत्र १ गते (मार्च १४, २०२१) बाट लागूहुनेगरी ल्याएको श्रम सुधार कार्यक्रम सम्बन्धी जानकारीमूलक सूचना

साउदी सरकारले हिजो मार्च १४, २०२१ बाट लागूहुनेगरी ल्याएको श्रम सुधार कार्यक्रमका केही पक्षहरु साउदी अरबमा रहेका नेपाली कामदारहरुले समेत थाहापाइ राख्नुपर्ने हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । यस कार्यक्रमले निश्चित शर्त पूरा गरी कामदारले आफ्नो रोजगारदाता (कफिल/स्पोन्सर) परिवर्तन गर्नसक्ने, छुट्टिमा घरजान र करार अवधि समाप्त भएपश्चात स्वदेश फर्किन (Final exit) सक्ने कुरालाई सम्बोधन गर्ने प्रयास गरेको देखिन्छ । यो व्यवस्थाबाट फाइदा लिनको लागि तल दिएका शर्तहरु पुरा गरेको हुनुपर्नेछ । कामदार र रोजगारदाताबीच भएको रोजगार करारपत्र रोजगारदाताले साउदी सरकारको सम्बन्धित सिस्टम (अनलाइन) मा समेत राखेको हुनुपर्नेछ । माथिका सुविधाहरू Absher App र साउदी श्रम मन्त्रालयको अनलाइन पोर्टल QIWA मार्फत मात्र प्राप्त गर्न सकिनेछ ।

रोजगारदाता परिवर्तनका शर्तहरु

  • कामदारले साउदी अरब प्रवेश गरेको मितिदेखि हालको रोजगारदातासँग कम्तीमा एक वर्षको करार अवधि पूरा गरेको हुनुपर्दछ ।
  • रोजगारदातासँग गरेको रोजगार करार पत्र (Employment Contract) को प्रति आधिकारिक निकायबाट प्रमाणिकरण गरी सोको एक प्रति साथमा लिएको हुनुपर्नेछ ।
  • कामदारलाई नयाँ रोजगारी दिने रोजागारदाताले साउदी सरकारको आधिकारिक पोर्टल QIWA बाट मात्र रोजगारीको प्रस्ताव गरेको हुनुपर्दछ । व्यक्तिगत भेटघाट वा कसैको सहयोगमा कुनै अभिलेख नराखी दिएको रोजगारीले कानूनी मान्यता पाउने छैन । जुनसुकै हिसावले नयां रोजगारीमा जांदा QIWA पोर्टलबाट रोजगारी प्रस्ताव भएको हुनुपर्ने छ । यसका लागि कामदारले समेत QIWA पोर्टलको प्रयोग गर्नुपर्नेछ ।
  • कामदारले रोजगारदाता परिवर्तन गर्ने सम्बन्धी सूचना तोकिएको समयभित्रै आफ्नो हालको रोजगारदाताकोमा पेश गर्नुपर्दछ | यो प्रक्रिया निशुल्क हुनेछ ।

 

निम्न अवस्थामा आप्रवासी (विदेशी) कामदारले आफ्नो रोजगारदाता (कफिल) परिवर्तन गर्न सक्नेछन:

  • साउदी अरब प्रवेश गरेको दिनदेखि ३ महिनासम्म रोजगारदाताले करार सम्झौता नगरेमा
  • कामदारले लगातार ३ महिनासम्म आफ्नो मासिक पारिश्रमिक नपाएमा
  • रोजगारदाताको मृ’त्यु भएमा वा कै’द वा लामो यात्रा वा यस्तै अन्य कारणले रोजगारदाता सम्पर्कमा नरहेमा
  • कामदारको ईकामाको अवधि समाप्त भई नवीकरण नभएमा
  • कामदार र रोजगारदाताको बीचमा वि’वाद भई कुनै कानूनी निकायमा उ’जुरी/मु’द्दा परेको र उक्त निकायले गर्ने दुईवटा सुनुवाइमा रोजगारदाता वा निजको प्रतिनिधि उपस्थित नभएमा वा दुईवटा उपयुक्त मिलापत्र सम्बन्धी सुनुवाइमा उपस्थित नभएमा ।
  • हाल कार्यरत रोजगारदाताले स्वीकृति दिएमा क’रार अवधि स’माप्त नहुँदै पनि रोजगारदाता परिवर्तन गर्न सकिने छ ।

 

व्यक्ति स्वयंले पहल गरेर लिने वहिर्गमन भिषा (Automatic Exit Visa)

  • वहि’र्गमन भिषा को लागि कामदारले साउदी सरकारको आधिकारिक पोर्टल Absher बाट सेवा लिनुपर्नेछ । यसका लागि Absher डाउनलोड गर्नुपर्दछ ।
  • कामदारसँग म्याद भएको अकामा साथमा हुनुपर्नेछ ।
  • रोजगारदातासँग गरेको रोजगार करार पत्र (Employment Contract) को प्रति आधिकारिक निकायबाट प्रमाणिकरण गरी सो साथमा लिएको हुनुपर्नेछ ।
  • कामदारले रोजागारदाता वा अन्य निकायलाई तिर्नुपर्ने कुनै शुल्क वा जरि’वाना बाँकी रहेको हुनु हुँदैन ।
  • वहिर्गमन भिषा को लागि लाग्ने शुल्क कामदार स्वयंले व्यहोर्नुपर्नेछ ।
  • Absher बाट वहिर्गमन भिषा को प्रक्रियामा जाँदा कामदारले आफु जाने सम्बन्धी सम्पूर्ण प्रक्रिया बुझेर निर्णय गरेको भनी घोषणा गर्नुपर्नेछ ।
  • यसरी प्राप्त हुने वहिर्गमन भिषा रोजागारदाताले र’द्द गर्ने अधिकार हुने छैन ।
  • स्थायी रूपमा साउदी अरेबिया छाड्ने निर्णय गरेकाहरूले यो वहिर्गमन भिषा सेवा लिन सक्नेछन्‌ ।
  • आफुमा आश्रित परिवारका लागि समेत वहिर्गमन भिषा आवेदन गर्न सकिनेछ ।
  • एक पटक प्राप्त गरेको Exit भीसालाई कामदारले चाहेमा उक्त भीसाको अवधि बाँकी छँदै र’द्द समेत गर्न सक्नेछन्‌ ।
  • रोजगारदातासँगको करारको अवधि बाँकी हुँदै साउदी अरब छोड्ने गरी Exit भीसा लिएका कामदारले करार उ’ल्लंघन गरेको क’सुर वापत जरि’वाना तिर्नुपर्नेछ ।

नोटः घरे’लु कामदार, घरा’यसी सुरक्षा गार्ड, बँगैचे (गार्डेन), पशु चराउने (सेफर्ड), निजी चालक तथा
फार्म (मजरा) मा कामगर्नेहरूका हकमा माथिका कुनै पनि प्राव’धानहरु लागू हुने छैनन्‌ ।

नेपाली राजदूतावास रियाद। २०७७।१२।२

कालिकामा आजदेखि पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु

Previous articleसाउदीमा लागु भएको नयाँ कानुनले कस्ता कामदारलाई छुन्छ? कस्तालाई छुदैन ?
Next articleमकवानपुरमा सुरु भयो पत्रकारहरुको लागी ५ दिने तालिम
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।