कालिकामा आजदेखि पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु

0
220

कालिका, ४ पौष । चितवनको कालिकामा आजदेखि पाँचौं राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगीता सुरु भएको छ । प्रतियोगीताको नगर प्रमुख विनोद रेग्मीले उद्घाटनगर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले सम्बृद्ध नगर बनाउन खेलकुदले पनि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

कालिका नगरपालिकामा शैक्षिक क्षेत्रलाई अगाडी बढाउने क्रममा भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको नगर प्रमुख रेग्मीको भनाई छ । शिक्षा क्षेत्रको विकासका लागि खेलकुद पनि एउटा महत्वपूर्ण अंग भएकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताले शैक्षिक विकासमा थप सहयोग पुग्ने विश्वास व्यक्तगर्नुभयो । विद्यार्थीहरुलाई सृजनशील बनाउन नगरपालिकाले खेलकुदका सामाग्री उपलव्ध गराउँदै आएको उहाँले जानकारी दिनुभयो । शैक्षिक गुणस्तरसँगै आगामी दिनमा नगरपालिकाले खेलकुदलाई पनि निरन्तरता दिँदै जाने नगर प्रमुख रेग्मीले स्पष्टपार्नुभयो ।

कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा गौतमले शिक्षा क्षेत्रमा राष्ट्रपति रनिङ शिल्डप्रतियोगीताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुृद भन्ने नाराका साथ आयोजना गरिएकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताले विद्यार्थीहरुलाई सृजनशील बनाउने विश्वास व्यक्तगर्नुभयो । विद्यार्थी लक्षित खेलकुद सामग्री नगरपालिकाले आवश्यकताका आधारमा उपलव्ध गराउँदै आएको समेत उहाँले जानकारी दिनुभयो ।

कालिका नगरपालिकाका शिक्षा अधिकारी गंगाधर रिमालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा पृथ्वी माध्यमिक विद्यालयका प्रकाशचन्द्र अर्याल, वडा न.४ का संस्थापक वडा अध्यक्ष कृष्णकुमार श्रेष्ठ, कालिका वडा नं.५ का वडा अध्यक्ष दीपकबहादुर भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नगर उपप्रमुख विमला तामाङ लगायत नगरपालिकाका विभिन्न शाखा प्रमुखसँगै नगरक्षेत्र भित्रका संस्थागत तथा सामुदायिक विद्यालयका प्रध्यापक तथा प्रतिनिधिहरुको उपस्थिती थियो । कार्यक्रममा स्काउट लगायत सहभागी विद्यार्थीहरुले मार्चपास गरेका थिए । प्रतियोगीता भोली सकिनेछ ।

Previous articleखैरहनीमा क्यूआरबाट कर तिर्ने व्यवस्थाको सुरुवात
Next articleफेवा तालको किनारमा २५ औँ सडक महोत्सवको तयारी तीव्र