रत्ननगर खैरेटीमा गुरुङ समुदायले बनायो सामुदायिक भवन

निराजन घिमिरे, वैशाख १७, चितवन– रत्ननगर चितवनको खैरेटिमा रहेको गुरुङ गाउँमा सामुदायिक भवन निर्माण गरिएको छ ! र.न.पा – १६ मा रहेको सरस्वती गुरुङ समाजले उक्त भवन निर्माण गरेको हो! गुरुङको बाक्लो बस्ती रहेको सो स्थानमा निर्माण गरिएको सामुदायिक भवनमा कला, संस्कृति र भेषभूषा संग्रहित गरिने सरस्वती गुरुङ समाजका अध्यक्ष विजय गुरुङले जानकारी दिए।

स्थानीय गुरुङ समुदायको आफ्नै पहलमा एक कठ्ठा जग्गा खरिद गरि भवन निर्माण गरिएको हो! भवन निर्माणको लागी गुरुङ समुदाय भित्रकै विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग गरेका थिए! ” गाउँमा कोहि लाहुरे छुट्टीमा आउने बित्तिकै लाहुरेको घरमा गएर नाचगान गरि रमाईलो गरिन्छ र अन्तिममा तिनै लाहुरेले दिएको दान भेटि संकलन गरि जम्मा भएको रकममा अन्य सहयोग थप गरि भवन निर्माणको खर्च जुटाईएको स्थानीय युवानेता तथा समाजसेवी बुद्धिमान गुरुंगले जानकारी दिनुभयो !

स्थानियहरुको उपस्थितिमा गत वैशाख १२ गते उक्त भवन निर्माण सम्पन्न गरि ग्रहपुजा गरिएको थियो ! कार्यक्रममा वडाध्यक्ष हेमराज थापा लगायत स्थानीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो !

https://ujyaalonepalnews.com/archives/14148

Previous articleपासपोर्ट रिन्यु गर्न शुक्रबारको दिन पनि दुताबास खुल्ला रहने बारे सुचना
Next articleकोरोनाको जोखिम ह्वात्तै बढ्यो; अन्तर्राष्ट्रिय र आन्तरिक उडान रोक्न सीसीएमसीको सिफारिस
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।