पासपोर्ट रिन्यु गर्न शुक्रबारको दिन पनि दुताबास खुल्ला रहने बारे सुचना

0
58

पासपोर्ट रिन्यु गर्न शुक्रबारको दिन पनि दुताबास खुल्ला रहने बारे सुचना

काठमाण्डौ – सेवाग्राहीको चाप बढेसँगै साउदीमा रहेको नेपाली दूतावासले शुक्रबार पनि राहदानी (पासपाेर्ट) सम्बन्धी सेवा प्रदान गर्ने भएको छ । राहदानी नवीकरणका लागि दूतावासमा आउने सेवाग्राहीको संख्या उल्लेख्य रुपमा बढ्दै गएको भन्दै दूतावासले बैशाख, जेठ र असार महिनाभरि शुक्रबार पनि सेवा प्रदान गर्ने जनाएको हो । सार्वजनिक बिदाका दिन पनि राहदानी सेवाका लागि दूतावास खुल्ला रहने व्यवस्था गरेको दूतावासले जनाएको छ ।

राहदानी नवीकरण गर्न चाहनेहरुले नवीकरण गर्न र नयाँ बनेर आएको राहदानी लिन चाहनेहरुले राहदानी बुझिलिन सक्नेछन् । यस्तै दूतावासमा राहदानी बनाउन आउनेहरुले आफूसँग भएको राहदानीको सक्कल, त्यसको फोटोकपी र नागरिकताको फोटोकपी अनिवार्यरुपमा लिएर आउनुपर्ने दूतावासले जनाएको छ ।

 दुताबासको सुचना यस्तो छ: वैशाख, जेठ र असार महिनाभर शुक्रबार पनि राहदानी सेवा खुला रहनेसम्बन्धी सुचना !

राहदानी नविकरणका लागि राजदूतावासमा आउने सेवाग्राहीहरूको संख्या उल्लेख्य रुपमा बढ्दै गइरहेको
सन्दर्भमा राजदूतावासको कार्यचाप र सेवाग्राहीको सुविधालाई ध्यानमा राखी वैशाख, जेठ र असार
महिनाका शुक्रबार (अप्रिल ३०, मे ७, मे १४, मे २१, मे २८, जुन ४, जुन ११, जुन १८, जुन २५,
जुलाई २ र जुलाई ९) सार्वजनिक विदाका दिन राहदानी सेवाका लागि राजदूतावास खुल्ला रहने व्यवस्था
मिलाइएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

उक्त दिनहरूमा राहदानी नविकरण गर्न चाहनेहरूले नविकरण गर्न र नयाँ बनेर आएको राहदानी लिन चाहनेहरूले राहदानी बुझिलिन सक्नुहुनेछ । उपरोक्त दिनहरूमा राजदूतावास बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म खुल्ला रहनेछ । साथै, राजदूतावासमा राहदानी बनाउन आउनेहरूले आफुसँग भएको राहदानीको सक्कल, सोको फोटोकपि (एक प्रति) र नागरिकताको फोटोकपि (एक प्रति) अनिवार्यरुपमा साथमा लिएर आउनुहुन समेत सम्बन्धित सबैमा अनुरोध गरिन्छ । नेपाली राजदूतावास, रियाद ।१४  वैशाख २०७८ (२७ अप्रिल २०२१)

 

https://www.ujyaalonepalnews.com/archives/14144

Previous articleविदेश जानको लागी पिसिआर कुन अस्पतालमा गर्ने? सरकारले दियो यस्तो जानकारी
Next articleफ्लाईट त बन्द हुने नै भयो, श्रम स्वीकृति के होला ? यस्तो आयो जानकारी