काठमाडौंको कुनै पनि हि’रासत कक्ष मनाङेका लागि नयाँ छैन। नयाँ प्रहरी प्रमुख आएपछि पहिलो तार्गे’ट नै उनी हुन्थे। महानगरीय प्रहरी वृत्त लैनचौर, हनुमानढोका परिसर, टेकु परिसरसँगै काठमाडौंका धेरै प्रहरी कार्यालयका हि’रासतमा उनको रा’त बितेको थियो। ०६० साल पुस ११ गते अर्का गुन्डा नाइके चक्रे मिलनलाई धा’रिलो ह’तियार प्रयोग गरेको अभि’योगमा मनाङे पक्राउ परेका थिए। ठमेलमै हप्ता असु’ली र कवाडीको ठे’क्का विवा’दमा चक्रे मिलनमाथि मनाङे समूहले आ’क्रमण गरेको थियो।
सो आक्र’मणमा मनाङे समूहका गणेश लामा, रेवत कार्की, रमेश सुनुवार, उमेश लामासमेत संलग्न रहेको भन्दै उनीहरूविरु’द्ध मु’द्धा दायर भएको थियो। २०६९ सालमा मनाङेबाहेक उनीहरूले सफा’इ पाएका थिए। मनाङे ०६५ फागुन र ०७० फागुनमा पक्राउ परेका थिए। जे’लबाट पनि गुन्डा’गर्दी गरेको, ठे’केदारहरूसँग पैसा अ’सुल गरेको, क्रसर व्यव’सायीलाई धम्क्या’एर सेयर लिएको जस्ता अभि’योगमा मनाङेलाई प्रहरीले दर्जनौं पटक पक्राउ गरेको थियो।

०७० सालमा सेनाका मेजरलाई कु’टपिट गरेको आरो’पमा पक्राउ परेका मनाङेलाई तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारीले ६ महिना कै’द सुनाएपछि अदालतमा मु’द्दा चल्दा एक वर्ष थप कै”द सजायको फैसला भएको थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धा’न विभागले २०७० जेठ ५ गते मनाङेसहित पाँच गुन्डाविरुद्ध सम्पत्ति शुद्धीकरण मु’द्दा चलाएको थियो। विभागले मनाङेसँग अ’वैध रूपमा कमाएको १४ करोड ७३ लाख ३१ हजार रूपैयाँ सम्पत्ति रहेको दा’बी गरेको भए पनि उनको सबै सम्पत्ति वैध बनाइदिएको थियो। त्यतिमात्र होइन, प्रदेश सांसद रहेकै बेला २०७६ माघमा एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हा’तपात गरेको आरो’पमा पक्राउ परेर मनाङे ६ हजार धरौ’टीमा रिहा भएका थिए।
गुन्डा’गर्दीमा चर्चा कमाएका मनाङेको अप’राधकर्मको यात्रा ठमेलबाट सुरु भएको थियो। ठमेलका दुई गुन्डा चक्रे मिलन र मनाङेले फरकफरक स्थानविशेषमा गुन्डा’गर्दीमा राज गर्दै आएका थिए। चक्रे मिलन सुरुदेखि नै एमालेसँग निकट भएर गुन्डा’गर्दी गर्थे भने मनाङे कांग्रेस, राजावादी, संघीय समाजवादी हुँदै एमाले प्रवेश गरेका हुन्। ०५०र५१ सालतिर ठमेलमा मनाङका मानिसले होटल तथा रेस्टुरेन्ट खोल्न थालेपछि मनाङेको दा’दागिरी सुरु भएको थियो। हप्ता अ””सुली, धम्क्या’उने र कवाडी संकलन उनको प्रमुख पेसा बन्यो।
उनको आप’राधिक यात्रामा चक्रे मिलनबाहेक अरू कोही प्रति’स्पर्धी नदेखिएपछि उनीहरूले क्षेत्र बाँडेर गुन्डा’गर्दी गर्न थाले। होटल, रेस्टुरेन्ट, बारमा कहीं कतै भेट भयो भने ‘ग्याङ फा’इट’ पर्ने गरेको थियो। ०६८ सालमा भूमिगतजस्तै भएका मनाङेलाई धेरैपटक प्रहरीले पक्राउ गर्दै मु’द्दा चलाएको थियो। प्रदेश सांसद भएकै बेला उनीमाथि प्रहरीले रेड नो’टिस पनि जारी गरेको थियो।
मनाङेवि’रुद्ध अ’कुत सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण विभागले विशेष अदालतमा मु’द्दासमेत चलाएको थियो तर उनले सफा’इ पाए। करिब २५ वर्षदेखि राजधानीको गुन्डा’गर्दीमा संलग्न भए पनि उनको देशव्यापी नेटवर्क थियो। गुन्डागर्दीसँगै उनले ठे’क्कापट्टा, होटल, डान्सबार र रेस्टुरेन्ट सञ्चालन गर्थे। अप’राधकर्ममा रमाए पनि मनाङे पछिल्लो पटक आफूलाई समाजसेवीका रूपमा चिनाउने गर्थे। राजनीति गरे सबै प्रकारका अप’राधबाट मुक्ति पाइन्छ भन्ने अभिप्रायले राजनीतिक दलमा छिरेका मनाङेले बिहीबार मन्त्री बनेपछि सांसद जित्ने भनेकै मन्त्री बन्न हो भन्ने अभिव्यक्ति दिएका छन्।
रत्ननगर सांस्कृतिक खाना महाेत्सवकाे तयारी तीब्र, २९ गते उद्घाटन


