रत्ननगर सांस्कृतिक खाना महाेत्सवकाे तयारी तीब्र, २९ गते उद्घाटन

रत्ननगर । पूर्वी चितवनकाे रत्ननगर स्थित टाँडीमा हुने पाँचाै रत्ननगर सांस्कृतिक खाना महाेत्सवकाे तयारी तीब्र पारिएकाे छ । रत्ननगर महाेत्सव अन्तर्गत पाैष २९ गतेदेखि माघ ४ गते सम्म साैराहाचाेक र टाँडीचाेककाे बीचमा रहेकाे बसपार्ककाे खालीचाैरमा खाना महाेत्सव हुँदै छ ।

३२ वटा स्टल रहने खाना महाेत्सवमा दैनिक रुपमा राष्ट्रिय कलाकारहरुकाे प्रस्तुती रहने छ ।महाेत्सवका विभिन्न जातजातीका परम्परागत खाना तथा कुखुरा, माछा र बंगुरका मासुकाे परिकार सहित खानाका स्टलहरु रहने रत्ननगर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा खाना महाेत्सवका संयाेजक ज्ञान बहादुर विसुरालले जानकारी दिए ।

रत्ननगर महाेत्सव टिकाैली चाैरमा २६ गते उद्घाटन हुँदै छ । टिकाैलीमा महाेत्सव गर्दा टाँडी बजार अझेलमा पर्न नदिन साँस्कृतिक खाना महाेत्सव गरिएकाे विसुरालले जानकारी दिए । खाना महाेत्सवका स्थानीय खानाकाे परिकारकाे बजारीकरणमा जाेड दिइएकाे छ ।

दिउसाे टिकाैली स्थित महाेत्सवमा रमाउने र साँझ टाँडीमा गीत संगित तथा खानाका परिकारकाे स्वादकाे मज्जा लिने गरी खाना महाेत्सव गरिएकाे हाे । रत्ननगर महाेत्सव पाैष २६ गते राष्टिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्ने कार्यक्रम रहेकाे महाेत्सव मुल समाराेह समितिका संयाेजक शंकर गिरीले जानकारी दिए । यस पटककाे महाेत्सवमा कृषि र पर्यटनलाई प्राथमिकता दिइएकाे छ ।

Previous articleरत्ननगर महोत्सव : मकै एक परिकार र प्रयाेग अनेक
Next articleमोटरसाइकल दुर्घटनामा चितवन रत्ननगरका एक पुरुषको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।