बंगलादेशी नागरिक बोकेर उड्ने भयो हिमालय एअरलाइन्सको चार्टर्ड विमान

बंगलादेशी नागरिक बोकेर उड्ने भयो हिमालय एअरलाइन्सको चार्टर्ड विमान

२६ वैशाख, काठमाडौं । नेपालमा रहेका बंगलादेशी नागरिकलाई घर फर्काउन हिमालय एयरलाइन्सको जहाज चार्टर्ड गरिएको छ । काठमाडौंस्थित बंगालादेशी दूतावासले बंगलादेश र्फकन इच्छुक आफ्नो मुलुकका नागरिकलाई यस्तो जानकारी गराएको छ । हिमालय एयरलाइन्सले त्रिभुवन विमानस्थलबाट मंगलबार ढाकाका लागि चार्टर्ड उडान गर्न लागेको हो ।

दूतावासले घर र्फकने नागरिकलाई पीसीआर परीक्षण गर्न र हिमालय एयरलाइन्समा टिकट काट्न समेत आहृवान गरेको छ । नेपालमा भारतबाट सातामा दुई उडानबाहेक अन्तर्राष्ट्रिय नियमित उडान बन्द भएको छ । तर, एयरलाइन्सहरुले माग अनुसार चार्टर्ड उडानहरु भने गर्न सक्छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज एउटा मात्रै उडान

काठमाण्डौ – कोरोना भाइरसको महामारीका कारण सरकारले अन्तर्राष्ट्रिय उडानमा रोक लगाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुनसान बनेको छ । भारतबाट हप्तामा दुई वटा ‘एअर बबल’ उडान र कार्गो बाहेक अरू उडान नहुँदा विमानस्थल सुनसान रहेको एअर ट्राफिक कन्ट्रोलमा काम गर्ने एक कर्मचारीले बताए ।

आइतबारका लागि अन्तर्राष्ट्रियतर्फ जम्मा एउटा उडान रहेको विमानस्थलले जनाएको छ । आइतबार राति सवा ८ बजे हिमालय एअरलाइन्सको जहाज मेडिकल सामग्री ल्याउन चीनको कुम्निङ जान लागेको छ । आइतबार अरू कुनै उडान या अवतरण नभएको विमानस्थल कार्यालयले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/14274

Previous articleरत्ननगरले नगरपालिकाले सुरु गर्यो निशुल्क एम्बुलेन्स सेवा
Next articleदुताबासका कर्मचारीलाई कोरोना लागेपछि रियादमा रहेको दुताबासले निकाल्यो यस्तो सुचना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।