रत्ननगरले नगरपालिकाले सुरु गर्यो निशुल्क एम्बुलेन्स सेवा

0
70

विपन्न अशक्त र अपाङ्ग नागरिकको लागी रत्ननगरले सुरु गर्यो निशुल्क एम्बुलेन्स सेवा

निराजन घिमिरे, वैशाख २६, चितवन- रत्ननगर नगरपालिकाले कोरोना संक्रमितलाई अस्पताल जान र पिसिआर परिक्षणको लागी आउजाउ गर्न निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । कोरोना संक्रमित विरामीलाई घरबाट आइसोलेशन र आइसोलेशनबाट अस्पतालसम्म लैजान निःशुल्क एम्बुलेन्स व्यवस्था गरिएको नगरपालिकाले एक सुचना मार्फत जानकारी गराएको हो !

कोरोना संक्रमण भएको शंका लागेमा पीसीआर परीक्षण र संक्रमित भएर अस्पताल जानुपरेमा नगरपालिकाले एम्बुलेन्स उपलब्ध गराउने र त्यो सेवा लिनको लागी आफ्नै वडाका जनप्रतिनिधि मार्फत नगरपालिकामा सम्पर्क राख्न नगरपालिकाले आग्रह गरेको छ ! यस्तै नगरपालिकाले कोरोना संक्रमित विपन्न, अशक्त र अपाङ्ग नागरिकहरुलाई निशुल्क उपचार समेत गर्ने भएको छ ! नगरपालिकाले होम आइसोलेशनमा रहेका कोरोना संक्रमितको स्वास्थ्य अबस्था बुझ्न स्वास्थ्यकर्मी परिचालन गरेको जनाएको छ ।

https://www.ujyaalonepalnews.com/archives/14270

Previous articleसाउदीको जेद्धामा २२ नेपाली अल’पत्र पी’डित भन्छन– ट्वाइलेको पानी खान बा’ध्य छौँ
Next articleअन्तिम पटक नेपाल लगिदिनुस भन्दै थिईन्; तर परदेशमै ज्यान गयो शोभाको