दुताबासका कर्मचारीलाई कोरोना लागेपछि रियादमा रहेको दुताबासले निकाल्यो यस्तो सुचना
साउदी अरव स्थित नेपाली दूतावासले दूतावासमा भौतिक रुपमा उपस्थित भएर लिनुपर्ने सेवा तीन दिनका लागि स्थगित गरेको छ । दूतावासले एक विज्ञप्ती जारी गर्दै साउदी सरकारबाट जारी गरिएको स्वास्थ्य सम्वन्धी निर्देशिका तथा मापदण्डहरुको पालना गर्दा गर्दैपनि एकजना कर्मचारीमा कोभिड १९ को संक्रमण भएको कारणले सेवाग्राहीहरुको स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै सेवा थप केहि दिन रोक्नु परेको जनाएको छ ।
साउदी अरव स्थित नेपाली दूतावासले यस अगाडी दूतावासले प्रदान गर्दै आएका सेवा मध्ये राहदानी नविकरण, मागपत्र प्रमाणीकरण, कागजात जारी आदि सेवा मे ४ देखि ६ तारिखसम्म बन्द गरिएकोमा थप तीन दिन स्थगन गरिएको जनाइएको छ । दूतावासका अनुसार यसबीचमा राजदूतावासमा कामगर्ने थप कर्मचारीमा पनि कोभिड १९ को संक्रमण पुष्टि भएको छ । दूतावासका अनुसार मे ९ तारिखसम्म ति सेवा सुचारु हुने छैनन् । दुताबासको सुचना यस्तो छ !
राजदूतावासमा भौतिकरुपमा उपस्थित भई लिनुपर्ने सेवा थप ३ दिनको लागि स्थगित गरिएकोसम्बन्धी जरूरी सूचना ।
साउदी सरकारबाट जारी स्वास्थ्य सम्बन्धी निर्देशिका तथा मापदण्डहरूको पालना गर्दागर्दै पनि दूतावासका एकजना कर्मचारी कोभिड-१९ बाट संक्रमित हुनुभएको कारणले सेवाग्राहीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी भौतिक रूपमा उपस्थित भई लिनुपर्ने सेवाहरू (राहदानी नविकरण, मागपत्र प्रमाणीकरण, कागजात जारी आदि) मिति मे ४ देखि मे ६, २०२१ सम्म बन्द गरिएकोमा फ्रन्ट डेस्कमा काम गर्ने राजदूतावासका थप कर्मचारीमा कोभिड-१९ को संक्रमण देखिएको छ।
राजदूतावासमा सेवा लिन आउने सेवाग्राहीहरूको स्वास्थ्य सुरक्षाको निम्ति थप सजकता एवम् सतर्कता अपनाउन आवश्यक देखिएकोले भौतिक रूपमा दूतावासमा उपस्थित भई लिनुपर्ने सेवाहरू (राहदानी नविकरण, मागपत्र प्रमाणीकरण, कागजात जारी आदि) मिति मे ९ देखि मे ११, २०२१ सम्मको लागि स्थगित गरिएको छ । अप्रिल २७, २०२१ को सूचनामा राहदानी सेवाको लागि मे १४, २०२१ शुक्रबार सार्वजनिक विदाको दिन दूतावास खुल्ला रहने जानकारी गराइएकोमा सो दिन उक्त सेवा पनि बन्द रहने व्यहोरा जानकारी गराइन्छ । यसबाट सेवाग्राहीलाई पर्नजाने असुविधा प्रति दतावास द:ख व्यक्त गर्दछ!
१२ र १३ मे का दिन इद अल फित्रको सार्वजनिक विदा परेको हुँदा १६ मे २०२१ का दिनदेखि राजदूतावासबाट प्रदान हुने सम्पूर्ण सेवाहरू यथावत् सञ्चालनमा आउने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
तथापि, यसबीचमा अत्यावश्यक कामपरी राजदूतावासमा सम्पर्क गर्नुपरेमा दूतावासको ल्याण्डलाइन नं. ०११ ४६१११०८ मा बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म सम्पर्क गर्नुहुन र श्रमिकको समस्या तथा गुनासो लगायत अन्य नियमित कामसँग सम्बन्धित विषयमा कुरा गर्नुपरेमा सम्बन्धित कर्मचारीलाई सम्पर्क गर्नहुन अनुरोध छ । विषयसँग सम्बन्धित कर्मचारीको मोवाइल न. यँहा (Click Here) मा राखिएको छ । यसका अतिरिक्त दतावासको हटलाइन नं. ०५५९३८९६०० र इमेल ठेगाना: nepalembassyriyadh @ gmail. com मार्फत् समेत आफ्नो समस्या राख्न सकिने छ। नेपाली राजदूतावास, रियाद २५ वैशाख २०७८

https://ujyaalonepalnews.com/archives/14277


