Home Uncategorized कयर खोलामा अबैध रुपमा उत्खनन तथा चोरी निकासी गर्ने २१ सवारी साधन...

कयर खोलामा अबैध रुपमा उत्खनन तथा चोरी निकासी गर्ने २१ सवारी साधन प्रहरीको नियन्त्रणमा

कयर खोलामा अबैध रुपमा उत्खनन तथा चोरी निकासी गर्ने २१ सवारी साधन प्रहरीको नियन्त्रणमा

चितवन : चितवनमा अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने २१ सवारी साधन प्रहरीले नियन्त्रण लिएको छ । शुक्रवार दिउसो चितवनको कालिका नगरपालिका वडा नं ८ र रत्ननगर नगरपालिका वडा नं १४ र १६ स्थित कयर खोलामा अबैध रुपमा उत्खनन तथा चोरी निकासी गरिरहेको अबस्थामा ईलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको टोलिले नियन्त्रण लिएको हो ।

प्रहरीले जे.सि.बि. १ थान, टिपर २ थान, ट्रयाक्टर १८ थान गरी जम्मा २१ वटा सबारी साधनलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पछिल्लो समय नदीजन्य पदार्थ उत्खननका गतिविधि बढ्दै गएका छन्। निषेधाज्ञाको समयमा नियमविपरीत उत्खनन गरेको पाइएकोले ती साधन नियन्त्रणमा लिइएको चितवन प्रहरीले जनाएको छ।

https://ujyaalonepalnews.com/archives/14788

Previous articleअब साउदी प्रवेश गर्नेलाई नयाँ नियम: CCMC जस्तै अनलाईन फारम भर्न पर्ने
Next articleविदेश बाट फर्किएका श्रमिकलाई होटल क्वरेण्टीन खर्च सरकारले दिने, मलेसिया, यूएई र साउदीबाट पनि उडान खुल्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।