अब साउदी प्रवेश गर्नेलाई नयाँ नियम: CCMC जस्तै अनलाईन फारम भर्न पर्ने

अब साउदी प्रवेश गर्नेलाई नयाँ नियम: CCMC जस्तै अनलाईन फारम भर्न पर्ने

काठमाण्डौ – साउदी जानुअघि कोरोना विरुद्धको खोप लगाए नलगाएको बारे अनिवार्य अनलाइन दर्ता गर्नुपर्ने भएको छ । साउदीको सरकारी निकायले विदेशी नागरिक सबैले खोप लगाए नलगाएको बारे प्रस्थान पूर्व नै अनलाइनमार्फत दर्ता गर्नुपर्ने जनाएको छ । प्रस्थान पूर्व नै अनलाइनमार्फत दर्ता गर्दा अध्यागमन प्रक्रिया पनि सहज हुने र साउदी प्रवेश गर्दा यात्रुले गर्नु पर्ने प्रक्रियाका लागि पनि धेरै समय कुर्न पर्ने छैन ।

अनलाइनमार्फत खोपको अवस्थाबारे खाडी राष्ट्रका नागरिकहरू, नयाँ भिसा लिएर जाने विदेशी नागरिक, बसोबासको भिसा भएकाहरू र उनीहरूसँग जाने सहयात्रीले पनि दर्ता गर्न पर्नेछ । साउदीले कोरोना सङ्क्रमण रोकथाम र साउदीमा बसोबास गरिरहेका नागरिकको सुरक्षाका लागि यस्तो नियम ल्याएको जनाएको छ । यसले थप कोरोना फैलनबाट रोकिने साउदी सरकारले विश्वास लिएको छ । अनलाईन फारम भर्न यँहा क्लिक गर्नुहोला ! उज्यालो 

नेपाली श्रमिक अधिक रहेका मुलुकमा हवाई उडान पुनः सञ्चालन हुने

काठमाडौं : सरकारले नेपाली श्रमिक अधिक सङ्ख्यामा रहेका मुलुकमा हवाइ उडान पुनः सञ्चालन गर्ने भएको छ ।  प्रधानमन्त्री एवं कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार राति बसेको बैठकले टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशियाका लागि हवाइ उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त बैठकले उपयुक्त मुलुकमा सातामा दुई हजार यात्रुभन्दा नबढ्ने गरी उडान सञ्चालन गर्ने निर्णय गरेको छ । सिसीएमसीको उक्त निर्णय मन्त्रिपरिषद्बाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता तारानाथ अधिकारीले सिसीएमसीले सिफारिश गरेको निर्णय मन्त्रिपरिषद्ले पारित गरेपछि मन्त्रालयमा लिखितरूपमा आएर कार्यान्वयनमा जाने जानकारी दिनुभयो । त्यसैगरी बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटल क्वारेन्टिनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ । कूल १५ दिन बस्नुपर्ने क्वारेन्टिनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्ने पनि निर्णय भएको छ । रासस

त्रिशूलीमा बस खस्दा ६ जनाको मृत्यु

Previous articleखाडी मुलुक जाने जहाज भाडा ३०० प्रतिशत महँगो, रोजगारीमा जानुपर्ने कामदार काठमाडौंमा अलपत्र
Next articleकयर खोलामा अबैध रुपमा उत्खनन तथा चोरी निकासी गर्ने २१ सवारी साधन प्रहरीको नियन्त्रणमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।