बिहेकै दिन गरगहना लिएर बेहुली फरार भएपछि ईश्वरी प्रसादलाई टेन्सन

गोविन्द घिमिरे गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोटमा बिहेकै दिन बेहुली हराएपछि केटापक्ष तनावमा परेका छन् । गोरखा घर बताउने गैँडाकोट वडा नं. ४ बस्दै आएकी २८ वर्षिया सलिना खनाल बिहेकै दिन बेहुलाको गहना सहित फरार भएकि हुन् ! गैँडाकोट नगरपालिका वडा नं. ८ लखनचोकका ४२ वर्षका ईश्वरी प्रसाद अर्यालसँग तिनदिन अघिका लागि (शनिवार) उनको विवाह गर्ने मिति तय भएको थियो । शनिवार गोरखा पुगेर मन्दिरबाट विवाह गर्ने योजना भएपनि केटि गहना सहित बेपत्ता भएपछि ईश्वरीप्रसाद तनावमा परेका छन् ।

शनिवार विहान पार्लर गएर आउछु भनेकि उनि हालसम्म सम्र्पकमा नआएको अर्यालले बताए । पार्लर जाने बेलामा नै बेहुली सलिनाले सुनका गरहगना लगेकि थिइन् । ईन्डीयन मंगलसुत्र, तीलहरी, झुम्का र औठी लगेको उनले बताए । केहिसमय अघि विदेशबाट फर्केका उनको सलिनासँग विदेशमा रहेकै बखत छिमेकि भाउजु मार्फत चिनजान भएको थियो । गरगहना सहित बेहुली फरार भएपछि ईश्वरीप्रसादले प्रहरीमा उजुरी दिएका छन् ।

यो पनि पढ्नुहोस: कस्ता राशीले यी राशी सँग बैबाहिक सम्बन्ध राख्नु हुदैन ? जानौ

बिबाह एउटा पुरा जिन्दगीको निर्णय हो । जसले पुरै जीवनलाइ समेटेको हुन्छ । त्यसैले बिबाह गर्नुभन्दा अगाडि सबै कुराको ख्याल गर्नु धेरै नै महत्वपुर्ण कुरा हो । बिबाह गरिसके पछि बैबाहिक जीवनलाई राम्रो बनाउनलाई राशीले पनि ठूलो भुमिका खेलेको हुन्छ । त्यसै कुन राशीका मानिसले कुनराशीका महिला तथा पुरुष सँग बिबाह गर्दा राम्रो हुन्छ कुन राशी सँग नराम्रो हुन्छ त्यस बारे जानकारी लिनु जरुरी देखिन्छ । तलदिइएको कुराहरु पढ्दा तपाईंले त्यसबाट कुन राशीका मानिसले कुनराशी विवाह गर्न हुँदैन भन्ने सहजरुपमा थाहा पाउन सक्नुहुने छ ।

मेष राशि,  मेष राशिका मानिस धेरै साहसी, स्वतन्त्र तथा भावुक हुने गर्छन् । त्यसैले मेष राशि भएका मानिसहरुले वृष राशि भएका मानिसहरुसँग विवाह नगर्दा नै राम्रो हुन्छ । किनभने वृष राशि भएकामानिसहरु सम्बन्धमा त्यति रुचि राख्दैनन् भने मेष राशि भएका मानिहरुलाई यस्तो गर्न मन पर्दैन् ।

वृष राशि वृष राशिका मानिस प्राक्टिकल तथा इमान्दार हुन्छन् । यस राशिका मानिसले धनु राशि भएका मानिसहरु सँग सम्बन्ध राख्दा राम्रो हुँदैन । धनु राशि भएका मानिस जिम्मेवारीबाट पछि भाग्छन् ।

मिथुन राशि मिथुन राशि भएका मानिस इमान्दार तथा मोज मस्ती गर्ने प्रवृत्तिका हुन्छन् । यो राशिभएका मानिसहरु आफ्नो जिन्दगीमा सधै नयाँ गर्ने सोच राखिरहेका हुन्छन् । यो राशी भएका मानिसका लागि मकर राशि भएका मानिसहरुलाई राम्रो मानिदैन् । किनभने मकर राशिका मानिस मिथुन राशि भएकाहरुलाई उत्तेजित गर्न सक्दैनन् । मकर राशिका मानिस समय अनुसार हिड्न मनपराउँछन् । जहाँ मिथुन राशिका मानिस ‘जे पर्छ टर्छ’ भन्ने प्रकृतिका हुन्छन् ।

कर्कट राशि यस राशि भएका मानिसहरु सहयोगी हुन्छन् । यो राशि भएका मानिसहरुको लागि कुम्भ राशि भएका मानिसहरु सँग सम्बन्ध राख्नुहुदैन् । कुम्भ राशिका मानिस स्वतन्त्र खालका हुन्छन् । जसका कारणले कर्कट राशि भएका मानिसहरुले कुम्भ राशि भएका मानिसहरुसँग सम्बन्ध नराख्दानै राम्रो हुन्छ ।

सिंह राशि सिंह राशि भएका मानिसहरुमा आत्मविश्वास धेरै हुने गेर्दछ । यो राशिका मानिसहरु आकर्षक पनि हुन्छन् । सिंह तथा वृश्चिक राशि भएका मानिसको सम्बन्ध त्यति राम्रो हुँदैन । किनभने वृश्चिक राशि भएका मानिसहरु अलि जिद्दी तथा ईष्र्यालु स्वभावका हुन्छन् । जुनकुरा सिंह राशी भएकाहरुलाई मन पर्दैन ।

कन्या राशि यो राशिका मानिसहरु मिलनसार स्वभावका लागि जानिन्छन् । कन्या राशि भएकाहरु हेरचाह जीवन जिउन चाहन्छन् । तुला तथा कन्या राशिका व्यक्ति बीचको सम्बन्ध खासै राम्रो मानिदैन ।

तुला राशि यस राशिका मानिसहरु मिलनसार स्वभावका हुन्छन् । यस राशीभएका मानिसहरु हेरचाहमुक्त जीवन मन पराउँछन् । तुला राशिका र कन्या राशिका मानिसहरु बीचको सम्बन्ध खासै राम्रो हुन्न किनभने कन्या राशिका मानिस धेरै तनाव लिनेखालका हुन्छन् ।

वृश्चिक राशि वृश्चिक राशि भएमा मानिसलाई सजिलैसँग विश्वास गर्न सकिन्छ । यस राशीका मानिसहरुले मेष राशीका मानिसहरु सँग सम्बन्ध नराख्दा नै राम्रो हुन्छ किनभने मेष राशि भाएका मानिसलाई रिस चाडै उठ्छ । वृश्चिक राशि भएकालाई भने प्रेम पूर्ण वातावरण भएको माहोल मन पर्छ ।

धनु राशि यस राशिका मानिसमा उर्जा धेरै हुन्छ । यी राशि भएका मानिस धेरै सकारात्मक हुन्छ । यस राशीका लागि वृष राशि भएको जोडी सही मानिदैन । किनकी वृष राशिका मानिस यति धेरै उत्साही हुन्नन् । आफ्नो व्यावहारिक जीवनमा व्यस्त रहन्छन् ।

मकर राशि यो राशि भएका मानिस इमानदर, तथा महत्वाकांक्षी हुन्छन् । यसको सबैभन्दा खराव जोडी मिथुन राशि भएका मानिसहरु हुन् । मकर राशि भएकाहरुमा समझदारीताको कमी हुन्छ ।

कुम्भ राशि कुम्भ राशिका मानिस आक्रामक स्वभावका हुन्छन् । यस राशिको र कर्कट राशिको जोडी राम्रो मानिदैन किनभने कर्कट राशि भएकाहरु भावुक स्वभावका हुन्छन् ।

मीन राशि यस राशि भएका मानिस रोमान्टिक खालका हुन्छन र भावनालाई महत्व दिन्छन् । मीन राशि र कन्या राशि भएका मानिसहरुबीचको सम्बन्ध राम्रो हुँदैन किनकी कन्या राशि भएका हरु व्यवहारिक हुन्छन् ।

 

https://ujyaalonepalnews.com/archives/14853

Previous articleदुबई साउदी कुवेत ओमान मलेसिया लगायत मुलुकमा उडान खुला, आन्तरिक उडान पनि खुल्यो
Next article५० प्रतिशत नबढ्ने गरी आन्तरिक उडान खुला
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।