Home Uncategorized ५० प्रतिशत नबढ्ने गरी आन्तरिक उडान खुला

५० प्रतिशत नबढ्ने गरी आन्तरिक उडान खुला

५० प्रतिशत नबढ्ने गरी आन्तरिक उडान खुला

काठमाडौं : सरकारले आन्तरिक उडान खुला गरेको छ। ५० प्रतिशत नबढ्ने गरी सरकारले आन्तरिक उडान खुला गर्ने निर्णय गरेको हो। वायुसेवा कम्पनीले सामान्य अवस्थामा हुने उडानको संख्याको आधारमा उडान पाउनेछन्। ‘स्वास्थ्यका मापदण्डको पूर्णा पालना हुनेगरी अर्को आदेश जारी नभएसम्मको लागि कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडान सञ्चालन गर्ने व्यवस्था संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिलाउने’, सरकारले भनेको छ।

सरकारले आन्तरिक उडान खुला गरेसँगै दुबई, दमाम, कुवेत, मस्कट, मलेसिया, कोरिया, जापान, चीनको छेन्दु, ग्वाङ्जाओको उडान खुला गरेको छ। सरकारले एकएक उडान भएको दोहा, स्तानबुलको उडानलाई बढाएर सातामा चारवटा हुने निर्णय गरेको छ।

https://ujyaalonepalnews.com/archives/14856

Previous articleबिहेकै दिन गरगहना लिएर बेहुली फरार भएपछि ईश्वरी प्रसादलाई टेन्सन
Next articleअसल पिता कसरी बन्ने ? यस्तो छ ५ उपायहरु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।