बिहेकै दिन गरगहना लिएर बेहुली फरार भएपछि ईश्वरी प्रसादलाई टेन्सन

0
51

गोविन्द घिमिरे गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोटमा बिहेकै दिन बेहुली हराएपछि केटापक्ष तनावमा परेका छन् । गोरखा घर बताउने गैँडाकोट वडा नं. ४ बस्दै आएकी २८ वर्षिया सलिना खनाल बिहेकै दिन बेहुलाको गहना सहित फरार भएकि हुन् ! गैँडाकोट नगरपालिका वडा नं. ८ लखनचोकका ४२ वर्षका ईश्वरी प्रसाद अर्यालसँग तिनदिन अघिका लागि (शनिवार) उनको विवाह गर्ने मिति तय भएको थियो । शनिवार गोरखा पुगेर मन्दिरबाट विवाह गर्ने योजना भएपनि केटि गहना सहित बेपत्ता भएपछि ईश्वरीप्रसाद तनावमा परेका छन् ।

शनिवार विहान पार्लर गएर आउछु भनेकि उनि हालसम्म सम्र्पकमा नआएको अर्यालले बताए । पार्लर जाने बेलामा नै बेहुली सलिनाले सुनका गरहगना लगेकि थिइन् । ईन्डीयन मंगलसुत्र, तीलहरी, झुम्का र औठी लगेको उनले बताए । केहिसमय अघि विदेशबाट फर्केका उनको सलिनासँग विदेशमा रहेकै बखत छिमेकि भाउजु मार्फत चिनजान भएको थियो । गरगहना सहित बेहुली फरार भएपछि ईश्वरीप्रसादले प्रहरीमा उजुरी दिएका छन् ।

यो पनि पढ्नुहोस: कस्ता राशीले यी राशी सँग बैबाहिक सम्बन्ध राख्नु हुदैन ? जानौ

बिबाह एउटा पुरा जिन्दगीको निर्णय हो । जसले पुरै जीवनलाइ समेटेको हुन्छ । त्यसैले बिबाह गर्नुभन्दा अगाडि सबै कुराको ख्याल गर्नु धेरै नै महत्वपुर्ण कुरा हो । बिबाह गरिसके पछि बैबाहिक जीवनलाई राम्रो बनाउनलाई राशीले पनि ठूलो भुमिका खेलेको हुन्छ । त्यसै कुन राशीका मानिसले कुनराशीका महिला तथा पुरुष सँग बिबाह गर्दा राम्रो हुन्छ कुन राशी सँग नराम्रो हुन्छ त्यस बारे जानकारी लिनु जरुरी देखिन्छ । तलदिइएको कुराहरु पढ्दा तपाईंले त्यसबाट कुन राशीका मानिसले कुनराशी विवाह गर्न हुँदैन भन्ने सहजरुपमा थाहा पाउन सक्नुहुने छ ।

मेष राशि,  मेष राशिका मानिस धेरै साहसी, स्वतन्त्र तथा भावुक हुने गर्छन् । त्यसैले मेष राशि भएका मानिसहरुले वृष राशि भएका मानिसहरुसँग विवाह नगर्दा नै राम्रो हुन्छ । किनभने वृष राशि भएकामानिसहरु सम्बन्धमा त्यति रुचि राख्दैनन् भने मेष राशि भएका मानिहरुलाई यस्तो गर्न मन पर्दैन् ।

वृष राशि वृष राशिका मानिस प्राक्टिकल तथा इमान्दार हुन्छन् । यस राशिका मानिसले धनु राशि भएका मानिसहरु सँग सम्बन्ध राख्दा राम्रो हुँदैन । धनु राशि भएका मानिस जिम्मेवारीबाट पछि भाग्छन् ।

मिथुन राशि मिथुन राशि भएका मानिस इमान्दार तथा मोज मस्ती गर्ने प्रवृत्तिका हुन्छन् । यो राशिभएका मानिसहरु आफ्नो जिन्दगीमा सधै नयाँ गर्ने सोच राखिरहेका हुन्छन् । यो राशी भएका मानिसका लागि मकर राशि भएका मानिसहरुलाई राम्रो मानिदैन् । किनभने मकर राशिका मानिस मिथुन राशि भएकाहरुलाई उत्तेजित गर्न सक्दैनन् । मकर राशिका मानिस समय अनुसार हिड्न मनपराउँछन् । जहाँ मिथुन राशिका मानिस ‘जे पर्छ टर्छ’ भन्ने प्रकृतिका हुन्छन् ।

कर्कट राशि यस राशि भएका मानिसहरु सहयोगी हुन्छन् । यो राशि भएका मानिसहरुको लागि कुम्भ राशि भएका मानिसहरु सँग सम्बन्ध राख्नुहुदैन् । कुम्भ राशिका मानिस स्वतन्त्र खालका हुन्छन् । जसका कारणले कर्कट राशि भएका मानिसहरुले कुम्भ राशि भएका मानिसहरुसँग सम्बन्ध नराख्दानै राम्रो हुन्छ ।

सिंह राशि सिंह राशि भएका मानिसहरुमा आत्मविश्वास धेरै हुने गेर्दछ । यो राशिका मानिसहरु आकर्षक पनि हुन्छन् । सिंह तथा वृश्चिक राशि भएका मानिसको सम्बन्ध त्यति राम्रो हुँदैन । किनभने वृश्चिक राशि भएका मानिसहरु अलि जिद्दी तथा ईष्र्यालु स्वभावका हुन्छन् । जुनकुरा सिंह राशी भएकाहरुलाई मन पर्दैन ।

कन्या राशि यो राशिका मानिसहरु मिलनसार स्वभावका लागि जानिन्छन् । कन्या राशि भएकाहरु हेरचाह जीवन जिउन चाहन्छन् । तुला तथा कन्या राशिका व्यक्ति बीचको सम्बन्ध खासै राम्रो मानिदैन ।

तुला राशि यस राशिका मानिसहरु मिलनसार स्वभावका हुन्छन् । यस राशीभएका मानिसहरु हेरचाहमुक्त जीवन मन पराउँछन् । तुला राशिका र कन्या राशिका मानिसहरु बीचको सम्बन्ध खासै राम्रो हुन्न किनभने कन्या राशिका मानिस धेरै तनाव लिनेखालका हुन्छन् ।

वृश्चिक राशि वृश्चिक राशि भएमा मानिसलाई सजिलैसँग विश्वास गर्न सकिन्छ । यस राशीका मानिसहरुले मेष राशीका मानिसहरु सँग सम्बन्ध नराख्दा नै राम्रो हुन्छ किनभने मेष राशि भाएका मानिसलाई रिस चाडै उठ्छ । वृश्चिक राशि भएकालाई भने प्रेम पूर्ण वातावरण भएको माहोल मन पर्छ ।

धनु राशि यस राशिका मानिसमा उर्जा धेरै हुन्छ । यी राशि भएका मानिस धेरै सकारात्मक हुन्छ । यस राशीका लागि वृष राशि भएको जोडी सही मानिदैन । किनकी वृष राशिका मानिस यति धेरै उत्साही हुन्नन् । आफ्नो व्यावहारिक जीवनमा व्यस्त रहन्छन् ।

मकर राशि यो राशि भएका मानिस इमानदर, तथा महत्वाकांक्षी हुन्छन् । यसको सबैभन्दा खराव जोडी मिथुन राशि भएका मानिसहरु हुन् । मकर राशि भएकाहरुमा समझदारीताको कमी हुन्छ ।

कुम्भ राशि कुम्भ राशिका मानिस आक्रामक स्वभावका हुन्छन् । यस राशिको र कर्कट राशिको जोडी राम्रो मानिदैन किनभने कर्कट राशि भएकाहरु भावुक स्वभावका हुन्छन् ।

मीन राशि यस राशि भएका मानिस रोमान्टिक खालका हुन्छन र भावनालाई महत्व दिन्छन् । मीन राशि र कन्या राशि भएका मानिसहरुबीचको सम्बन्ध राम्रो हुँदैन किनकी कन्या राशि भएका हरु व्यवहारिक हुन्छन् ।

 

https://www.ujyaalonepalnews.com/archives/14853

Previous articleचितवनमा आज फेरी बाघले मान्छे खा’यो
Next articleमैले पाईन्ट खोलि सकेको थिएँ, उनि हुन्न हुन्न भन्दै चिच्याउन थालिन् अनि …..