खुसीको खबर: सबै अन्तर्राष्ट्रिय उडान खुल्ने टिकटको कालोबजारी रोकिने

खुसीको खबर: सबै अन्तर्राष्ट्रिय उडान खुल्ने टिकटको कालोबजारी रोकिने

काठमाडौँ — सरकारले देशभर हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान सबै खुला गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री लिलानाथ श्रेष्ठका अनुसार, सोमबारको मन्त्रिपरिषद् बैठकले दोस्रोपटक लगाइएको निषेधाज्ञाअघिकै अवस्थामा सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ । ‘मन्त्रिपरिषद्‌ले सबै उडान खुला गर्ने निर्णय गरेको छ, भोलि (बुधबार) सरकारका प्रवक्ताले यस विषयमा थप जानकारी दिनेछन्,’ पर्यटनसहित ५ वटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री श्रेष्ठले भने, ‘उक्त निर्णयको पत्र प्राप्त भएलगत्तै उडानहरु सामान्य दिनमा झै सुचारु हुनेछन् ।’

सरकारले कोरोना संक्रमणका कारण वैशाख २० गतेदेखि अनिश्चितकालका लागि रोकिएको आन्तरिक उडान ५९ औं दिनपछि गत बिहीबारदेखि आधा संख्यामा संचालनमा ल्याएको थियो । त्यस्तै नयाँ भेरियन्टको कोभिड–१९ को संक्रमण नियन्त्रण गर्न भन्दै मन्त्रिपरिषद् बैठकले भारत–नेपालबाहेक सबै अन्तर्राष्ट्रिय उडान वैशाख २३ गते रातिदेखि बन्द गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्बोधन गर्दै ‘संक्रमणको साङ्लो चुडाउन’ उडान बन्द गर्नुपर्ने निर्णय लिएको बताएका थिए । त्यसयता किस्ता किस्तामा शर्तसहित गन्तव्य तोकेर अन्तर्राष्ट्रिय उडान खुला गरिँदै ल्याइएको थियो । अब नेपाललाई रोक नलगाइएका मुलुकमा नियमित उडान सुचारु गरिने पर्यटन मन्त्रालयका एक सहसचिवले बताए । उनका अनुसार, मन्त्रिपरिषद्‌को निर्णय प्राप्त हुनेबित्तिकै नागरिक उड्डयन प्राधिकरणलाई यसबारे जानकारी दिइने छ ।

https://ujyaalonepalnews.com/archives/14998

Previous articleसुजिता भण्डारी प्रकरण: प्रदर्शन उ’ग्र बन्दै गएपछि पुर्विचितवनमा कर्फ्यु आदेश जारी
Next articleसुजिता भण्डारी मृ’त्यु प्रकरण: पोष्टमार्टम रिपोर्टमा के देखियो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।