थ्रिस्टारको पोष्टमा मछिन्द्रको २ गोल

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको नवौँ चरणअन्तर्गत आजको दोस्रो खेलमा मछिन्द्र क्लबले थ्रिस्टार क्लबलाई शून्यका विरुद्ध २ गोलले पराजित गरेको छ। यसअघि आजै भएको पहिलो खेलमा सशस्त्रको एपीएफलाई नेपाल पुलिस क्लबले १–० गोल अन्तरले पराजित गरेको थियो।

मछिन्द्राका लागि आज रेजिन सुब्बाले ३८ मिनेटमा र विशाल राई (बी)ले ९० मिनेटमा गोल गर्दै क्लबलाई ३ अंक दिलाएका हुन्। जितसँगै मछिन्द्र लिगको शीर्षस्थानमा फर्किएको छ।

अघिल्लो सिजन मनाङमा रहेका प्रायः सबै र थ्री स्टारका केही खेलाडीलाई समेटेर बलियो टोली बनाएको मच्छिन्द्रसँग विराज महर्जन, विशाल राई, विशाल श्रेष्ठ, सुजल श्रेष्ठ, रेजिन सुब्बा, देवेन्द्र तामाङ, रन्जित धिमाल र एडिलाजा सोमिडेजस्ता खेलाडी रहेका छन्।

खेलमा अधिकांश समय थ्रिस्टारले दबाब बनाए पनि गोल गर्न भने सकेन। थ्रिस्टारको लिगमा औसत प्रदर्शन रहेको छ। योसँगै मछिन्द्रको उपाधि यात्रा बलियो हुँदै गएको छ।

सिनेमामा बल्ल सुन्तलीको डेब्यु

Previous articleए डिभिजन लिगमा एपीएफविरुद्ध प्रहरी १–० ले विजयी
Next articleमिस मार्टिना २०२० का सहभागीहरु तालिम र अवलोकनमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।