काठमाडौं । अभिनय करिअरमै डेढ दशक बिताउन लागेकी सुन्तली अर्थात् कुञ्जना घिमिरे चलचित्रमा पहिलोपटक नायिका भएकी छन् । उनले यसअघि मेरी बास्सैलगायत थुप्रै टेलिचलचित्रमा नायिका भएर काम गरिन् । तर, ठूलो पर्दामा नायिका हुने अवसर पाएकी थिइनन् । चलचित्रमा काम गरेको अनुभव उनीसँग थिएन । योपटक आफ्नै गृह ब्यानरमा बनेको फिल्मबाट नायिका भएकी छन् ।
आफूले ठूलो पर्दामा डेब्यु गर्दाको अनुभव उनले यसरी सुनाइन्, ‘हामी सानो पर्दामा थोरै कलाकार र प्राविधिक भएर छरितोसँग काम गथ्र्यौं तर ठूलो पर्दामा त्यस्तो नहुँदो रहेछ । धेरै कलाकार प्राविधिकसँग तामझामका साथ काम गर्नुपर्दा कतिपय अवस्थामा त म नर्भस समेत भएँ ।’ उनले अघि सुनाइन्, ‘टेलिचलचित्रका सयौं शृंखलामा मलाई दर्शकले विभिन्न चरित्रमा विगतमा हेरिसक्नुभएको छ । तर चलचित्रमा नायिकाका रूपमा भने पहिलोपटक प्रस्तुत हुँदै छु । अब आगामी दिनमा पनि चलचित्रमा नायिकाका रूपमा निरन्तर आउनेछु ।’

अभिनेत्री कुञ्जनाले अभिनय नगरेको पाँच वर्ष बित्न लागेछ । २०७२ साल वैशाखको विनासकारी भूकम्पपछि सामाजिक अभियानमा लागेकी यी अभिनेत्रीलाई सामाजिक कार्य गर्दा गर्दै पाँच वर्ष बितेको पत्तै भएनछ, ‘पाँच वर्षपछि यसपटक हाम्रो चलचित्र सेन्टी भाइसरको सुटिङमा जाँदा म सुरु सुरुमा त नयाँ कलाकारजस्तै नर्भस नै भएँ । लामो समयसम्म अभिनय नगर्दा अभिनय पनि बिर्सिएको जस्तो महसुस हुँदोरहेछ ।’
यो चलचित्रमा कुञ्जनाको
नायकका रूपमा
उनका श्रीमान्
सीताराम कट्टेल
(धुर्मुस) नै छन् । चलचित्रमा
यी जोडीले
श्रीमान् श्रीमतीकै
भूमिका निर्वाह
गरेका छन्
। नेपालमा
ग्रामीण क्षेत्रमा
राजनीतिलगायत विभिन्न कारणले महिलामाथि विभेद
हुने गरेको
र त्यो
विभेदलाई आफूहरूले
चलचित्रमा उठाएको यी नायिकाले खुलासा
गरिन्, ‘ट्रेलर
हेर्दा सेन्टी
भाइरस राजनीति
फिल्मजस्तो देखिए पनि यो नारीमाथि
हुने विभेदविरुद्धको
आवाज हो,’
अभिनेत्री कुञ्जना घिमिरेले कथा स्पष्ट
पारिन् ।
यतिबेला कुञ्जना घिमिरे अर्थात् सुन्तली निकै तनावमा छिन् । एकातिर जीवनकै एउटा महŒवपूर्ण परियोजना ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’को काम समयमै सक्नु छ । अर्कोतिर जीवनमै पहिलोपटक आफूहरूले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’को रिलिज गर्नु छ । राजधानीसँग सोमबार गफिँदै यी अभिनेत्रीले भनिन्, ‘एक दिन रंगशाला निर्माणको काम छाड्दा पनि धेरै काम बितेजस्तो लाग्छ । रंगशालाको काम नछाडौं यता जीवनमै पहिलोपटक आफूले बनाएको सिनेमाको रिलिज बितेको छ ।’ त्यसैले अहिले चलचित्रको रिलिज र रंगशाला निर्माणको दोहोरो दबाबमा आफू रहेको उनले बताइन् ।
रंगशाला निर्माण गर्न
प्राप्त भएको
सहयोग रकम
धुमुर्स सुन्तलीले
चलचित्र सेन्टी
भाइरस निर्माणमा
खर्च गरेको
आरोप एकथरीले
लगाएका छन्
। यो
आरोपको अभिनेत्री
कुञ्जनाले पूर्ण खन्डन गर्दै भनिन्,
‘फिल्ममा अमेरिकामा
बस्नु हुने
दुई जना
निर्माता र
हाम्रो लगानी
छ ।
रंगशाला निर्माणका
लागि प्राप्त
रकम हामीले
एक पैसा
पनि फिल्ममा
खर्च गरेको
छैन र
त्यस्तो गतल
काम हामी
कदापि गर्दैनौं
।’ बिरु
फिल्मको मुनाफाको
आफूहरूलाई प्राप्त हुने ५० प्रतिशत
रकम रंगशाला
निर्माणमा खर्च गर्न लागेको पनि
अभिनेत्री कुञ्जनाले स्पष्ट पारिन् ।
पहिलो चलचित्र सेन्टी भाइरस भए पनि अब कुञ्जनाले नायिकाको यात्रालाई निरन्तरता दिने जिकिर गरेकी छिन्, ‘हामीले जानेकै काम फिल्म निर्माण र सामाजिक अभियान हो । सामाजिक अभियान त निरन्तर जारी रहन्छ नै । चलचित्र निर्माणलाई पनि निरन्तरता दिने योजनासहित नयाँ चलचित्रको स्क्रिप्ट तयारीमा समेत हामी जुटेका छौं ।’ कुञ्जनाले भनिन्, ‘म अब नायिकाकै रूपमा केही फिल्ममा प्रस्तुत हुनेछु । म फिल्ममा सो अप हुने नायिकाभन्दा पनि कुनै विशेष चरित्रका रूपमा प्रस्तुत हुने योजनामा छु ।’

The post सिनेमामा बल्ल सुन्तलीको डेब्यु appeared first on Rajdhani Daily News.


