मलेसियामा फेरी अर्का नेपालीले ज्यान फाले, कोरोना संक्रमित अमरले लगाए डोरीको पा’सो

क्वालालम्पुर ( मलेसिया ):= वैदेशिक रोजगारीको निम्ती मलेसियामा कार्यरत एक कोरोना संक्रमित नेपाली श्रमिकले आ’त्मह’त्या गरेका छ्न। मलेसियामा बिगत १० बर्षदेखि कार्यरत नेपाल ठेगाना गोर्खा सौरपानी निवासी ३१ बर्षिय पासपोर्ट नम्बर ०५४६०७१३ नम्बर भएको नेपाली श्रमिक अमर गुरुङले आ’त्मह’त्या गरेका हुन। मृ’तक अमर गुरुङ बिगत १० बर्षदेखि क्वालालम्पुरमै अवस्थित रेष्टुरेन्ट मङ्गोजरीमा काम गर्दै आएका थिए।

मलेसियामा नियम अनुसार १० बर्ष बितिसके पश्चात् थप बस्नलाई भिसा पाउन स’मस्या हुने गर्दछ। भिसा नलाग्ने भएपछि अमरले आफ्नो रोजगारदाता कम्पनी रेष्टुरेन्ट मालिकलाई आफूलाई घर पठाईदिनुहुन बारम्बार अनुरोध गर्दा पनि रोजगारदाताले अमरलाई घर पठाउन मानेनन्। जसको फल स्वरुप अमर वैधानिक हुँदाहँुदै पछि भिसा सकिएर अवैधा’निक बन्न पुगे। घर फर्कन नपाएपछि पहिलाकै होस्टेलमा बस्दै आईरहेको भएता पनि अमर पछिल्लो समय एक सेक्युरिटी कम्पनीसंग आवद्ध रहि सुरक्षागार्डको क्षेत्रमा काम गर्न थाले तर आज भन्दा ५ दिन अगाडि कोरोना सम्बन्धि चेकजाँच गराउदा कोरोना पोजेटिभ देखिएको संगै बस्ने अमरको आफन्त सन्दीप गुरुङले बताउनुभयो।

अमरमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएपछि एक्लै एउटा् छुट्टै कोठा लिएर होम क्वारेन्टाइनमा बस्दै आईरहनुभएको थियो । सधैंजसो फोनमा कुरा गरिराख्ने तर आज आईतवार अच्चा’नक उहाँको फोन लाग्न छाड्यो अनि म हतास हतास त्यहाँ कोठामा गएर चेकजाँच गर्दा उहाँ घाँटीमा पा’सो लगाएको अवस्थामा मृ’त् फेला परेको सन्दीप गुरुङले बताउनुभयो।

रोजगारदाताले बेलैमा अमरले काम गरेको पैसा भुक्तानी गरिदिएर स्वदेश फर्काईदिएको भए सायद आज उहाँको यो अवस्था आउदैन्थ्यो होला ? पक्कै पनि उहाँ डिप्रे’सनको सि’कार भएर आ’त्मह’त्याको बाटो रोज्नुपरेको हुनसक्ने आफन्त सन्दीपले मलायासंगको कुराकानीको क्रममा दु’खेसो सहित गु’नासो पोख्नुभयो।

घट’ना स्थलमा पुग्दा सानो पातलो डोरीले घा’टीमा पासो लगाएको जस्तो देखिए ता पनि शरीर भने पुरै भुइँमा अडेस लागेको अवस्थामा फेला पारेको सन्दीपले बताउनुभयो। जानकारी अनुसार हाल मृ’तक अमरको शवलाई स्थानीय प्रहरी आएर पोस्टमार्टमको लागि क्वालालम्पुर अस्पतालमा लगिएको छ। मृत’क अमरको घरमा बुवाआमा संगै श्रिमति र एक छोरी रहेकाछन् । मलायाखबर बाट 

https://ujyaalonepalnews.com/archives/15381

Previous articleयुएईको रोयल गार्डमा कसरी जान सकिन्छ ? के के छ मापदण्ड ? हेर्नुस् विस्तृतमा
Next articleसाउदीमा भेरोसेल खोपलाई मान्यता दिएको कुरा हल्ला मात्र, खास कुरा यस्तो छ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।