युएईको रोयल गार्डमा कसरी जान सकिन्छ ? के के छ मापदण्ड ? हेर्नुस् विस्तृतमा

0
31

काठमाडौं : युएई पुग्ने वा युएई पुगेका जो कोहिको एउटा सपना भनेको दुबईको रोयल गार्डमा काम गर्न पाउनु एक हो । आकर्षक तलब , राम्रो सुबिधा र सहज कामको कारण दुबईमा रहने वा दुबई जाने जो कोहिको लागि रोयल गार्डमा काम गर्ने सपना रहेको हुन्छ ।

रोयल गार्ड भनेको के हो?

राज संस्था रहेकोदेशमा राजपरिवारको सुरक्षाको लागि खटिने र राज संस्था र परिवारको सुरक्षा संगै शाही महलहरु र प्रशासनिक भवनको सुरक्षामा खटिने सुरक्षाकर्मीहरुको शाही गार्ड रेजिमेन्ट छ त्यसै रेजिमेन्टमा काम गर्ने सुरक्षागार्डलाई रोयल गार्ड भनिन्छ । सेना तथा प्रहरीबाट सेवा निबृत्त भएका ब्यक्तिलाई रोयल गार्डमा राख्ने प्रचलन रहेको छ । जसको लागि कतिपय देशमा सरकार टु सरकार र कतिपय अवस्थामा कुनै कम्पनी मार्फत त्यसरी भुतपुर्व सेना र प्रहरीका कर्मचारी भर्ना गरेर रोयल गार्डमा लिने गरिन्छ ।

रोयल गार्ड युनाइटेड अरब इमिरेट्स (युएई) संगै कतार, न्यूजील्याण्ड, स्विट्जरल्याण्ड र साउदी अरब, युके जस्ता देशहरुमा प्रचलित छन् । रोयाल गार्डमा हालका दिनमा भुपु सेना वा प्रहरी मात्रै होइन सर्वसाधारण समेतलाई लिने गरेको छ भने केहिले सैनिक तालिम लिएको प्रमाणपत्र पेश समेत गर्ने गरेको जानकारहरु बताउछन् । युएई र कतारको रोयल गार्डमा प्रथमतः नेपाली नागरिकलाई नै प्राथमिकता दिने गरेको छ । युएईले विभिन्न कम्पनी मार्फत युएई वा नेपालबाट त्यस्ता रोयल गार्डको भर्ना लिने गर्छ । र युएइको प्रहरी तथा सेनाले समय अनुसार सैन्य तालिम प्रदान गर्ने गर्छ ।

युएईको लागि रोयल गार्डको भर्ती प्रक्रिया

युएईको लागि रोयल गार्डमा काम गर्न इच्छुक ब्यक्तिहरुले विभिन्न समयमा आउने माग पत्र अनुसार नेपालको मेनपावर कम्पनी मार्फत अन्तर्वार्ता दिनु पर्ने हुन्छ र त्यस्तो अन्तर्वार्ताको लागि युएईबाट नै सेलेक्सनको लागि प्रतिनिधि आउने गर्छन् भने युएईमा नै रहेका ब्यक्तिहरुले युएईमा रहेका एजेन्सीहरु मार्फत अप्लाइ गर्नु पर्ने हुन्छ ।

दुबईमा रोयल गार्डको लागी आवश्यक योग्यता

  • पूर्व सेना वा प्रहरी अधिकारीहरु वा सैन्य तालिम लिएको
  • उचाइ ५.७ इन्च
  • तौल ५ किलो भन्दा बढी
  • अंग्रेजी दक्षता राम्रो भएको

चयन प्रक्रिया

रोयल गार्डको चयन प्रक्रिया तीन किसिमले गरिन्छ । पहिलो त शारीरिक परिक्षण, चिकित्सा परिक्षण जसमा तपाइको कुनै दृघरोगको परिक्षण गरिन्छ र अन्तिम अन्तर्वार्ता लिइन्छ । नोट : यी जानकारीहरु रोयल गार्डमा काम गरेका र विभिन्न स्रोतबाट लिइएको हो । समयानुकूल विभिन्न कुराहरु परिवर्तन समेत भएको हुन सक्छ त्यसैले सम्बन्धित निकायको जानकारी नै अन्तिम हुनेछन् ।

https://www.ujyaalonepalnews.com/archives/15378

Previous articleरत्ननगर अस्पतालमा आइपुग्यो अक्सिजन प्लान्ट, पिसिआर मेसिन पनि तत्कालै आइपुग्ने
Next articleतत्काल युएई उडान सुरु नहुने भएपछी नेपाल एअरलाइन्सले जारी गर्यो यस्तो सुचना